‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’ « Khabarhub

‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इलाम – प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताएका छन् । विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पताल प्रालिको आज उद्घाटन गर्दै उनले बिरामीलाई प्रदान गरिने सेवा गुणस्तरीय एवं सर्वसुलभ हुनुपर्ने धारणा राखे । उनले भने, “स्वास्थ्य नै धन हो भन्ने प्रचलन छ र त्यसमा पनि आँखा सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएकाले यसको उचित हेरचाह गर्नुपर्छ ।”

निजी क्षेत्रले जनताको स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । प्रमुख खापुङले निजी क्षेत्रबाट स्थापित यस अस्पतालको सफलताबाट मुलुकको स्वास्थ्य र आर्थिकलगायत क्षेत्रमा ठूलो योगदान पुग्ने विचार राखे ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले उपचारका लागि आउने भारतीय बिरामीले साथमा ल्याउने भारतीय रकमले मुलुकको व्यापार घाटामा केही सघाउ पुग्ने विश्वास व्यक्त गरे। अस्पतालका अध्यक्ष कादिर अन्सारी, नवनिर्वाचित प्रदेशसभा सदस्य गयानन्द मण्डल, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य महेश रेग्मी, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाल र सञ्चालक समिति सदस्य तेजलाल कर्णले स्वास्थ्य र शिक्षा क्षेत्रको केन्द्रका रूपमा विस्तार भइरहेको यस क्षेत्रमा सरकारलाई विशेष सहुलियत प्रदान गर्न आग्रह गरे ।

विराटनगर–१४ स्थित मलाया रोडमा नौ कठ्ठा जग्गामा रु १० करोडको लागतमा अस्पताल निर्माण गरिएको हो । अस्पतालमा दक्षिण कोरिया तथा इटालीबाट आयात गरिएको अत्याधुनिक उपकरणमार्फत आँखासम्बन्धी सम्पूर्ण उपचार गरिने व्यवस्था गरिएको छ । पचास श्ययाको उक्त अस्पतालमा दुई दक्ष चिकित्सक सहित ५० जनाले बिरामीलाई सेवा प्रदान गर्नेछन् । अस्पतालले आगामी तीन दिनसम्म वहिरङ्ग सेवा निःशुल्क गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : ४४ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,