मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ : अध्यक्ष मगर « Khabarhub

मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ : अध्यक्ष मगर


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताएका छन् ।

आयोग र कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आज आयोगको सभाहलमा गरेको मानवअधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाबीचको आन्तरक्रियामा अध्यक्ष मगरले यस्तो बताएका हुन् ।

“आम नागरिकमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको अवस्था छ, अहिले सरकारी अस्पतालमा विभिन्न ९७ वटा औषधि निःशुल्क त भयो, तर मानसिक समस्याका बारेमा समाधान गर्ने विषयविज्ञ डाक्टर, उपचार व्यवस्था र त्यसका लागि आवश्यक औषधि सहजरूपमा उपलब्ध हुन सकेको अवस्था छैन । यस विषयमा स्वास्थ्य मन्त्रालयले ध्यान देओस्”, उनले भने , “आमनागरिकमा मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र मातहतका कार्यालयले उचित नीति, योजना र कार्यक्रम गर्नु आवश्यक छ ।”

उनले संविधानमा सबै नागरिकले स्वास्थ्य उपचार सहजै पाउने भन्ने व्यवस्था भए पनि मानसिक स्वस्थ्यका क्षेत्रमा हाम्रा उद्देश्य परिपूर्ति भएको नपाइएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले अहिले भएका नीति तथा रणनीतिलाई पूर्ण कार्यान्वयन गरेर आगामी वर्षको बजेट निर्माण गर्नुपर्ने बताए ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हरेक १० जनामध्ये आठ जनाले आफूलाई आवश्यक पर्ने मानसिक स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : १० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले