बेलैमा ख्याल नगरे बिग्रनसक्छ कलेजो « Khabarhub

बेलैमा ख्याल नगरे बिग्रनसक्छ कलेजो


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कलेजोमा धेरै खालका समस्या देखिने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । केही समस्या जन्मजात वा वंशाणुगत हुने गर्दछन् भने केही समस्या व्यक्तिको जीवनशैलीका कारण निम्तिने गर्छन् ।

कलेजोमा लाग्ने रोगहरुलाई शल्यक्रिया र अन्य चिकित्सा पद्धतिद्वारा उपचार गरिन्छ ।

त्रि. वि. शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा. रमेशसिंह भण्डारीका अनुसार यदि यससम्बन्धि समस्या देखिए या कलेजोको क्यान्सर भए सिस्टहरुलाई शल्यक्रियामार्फत काटेर फाल्नुपर्ने हुन्छ । यस्तो समस्यालाई सिरोसिस भनिन्छ । सिरोसिस भन्नाले कलेजोको रोग अन्तिम अवस्थामा पुगेर कामै नलाग्ने भएको अवस्था हो ।

डा. रमेशसिंह भण्डारी नेपालमा सबैभन्दा बढी सिरोसिस हुने कारणबारे यसो भन्छन्:

– अत्यधिक मद्यपान गर्नु

– हेपाटाइटिस बी रोग लाग्नु

– कलेजोमा बोसो जम्नु

उनका अनुसार कहिलेकाहीँ कलेजो के कारणले बिग्रिन्छ भन्ने कुरा पत्ता लगाउनै सकिँदैन । कलेजो बिग्रिनु वा सिरोसिस हुनुमा धेरै कारणहरु हुन सक्छन् । तीमध्ये हेपाटाइटिस बी को सङ्क्रमण पनि एक हो । त्यसैगरी विषादीयुक्त खानपानले पनि एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ । यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ ।

कलेजो प्रत्यारोपण के हो ?

सामान्य भाषामा भन्नुपर्दा जुन व्यक्तिलाई कलेजो चाहिएको हो, उसको कलेजोको बिग्रिएको भाग निकाल्नु पर्छ र त्यो निकालिएको भागमा कलेजो दिने व्यक्तिको लगभग ४० देखि ६० प्रतिशत कलेजो काटेर रगतका नशाहरु र पित्तनलीका नसाहरुलाई मिलाएर जोड्नुपर्छ यो प्रक्रियालाई कलेजो प्रत्यारोपण भनिन्छ ।

कलेजो प्रत्यारोपण गर्नुभन्दा अगाडि लिने व्यक्तिलाई कति कलेजो चाहिन्छ र दिने व्यक्तिले कति दिँदा उसको स्वाास्थ्यमा असर पर्दैन भन्ने परीक्षण गरिन्छ । त्यसपछि मात्र कलेजो प्रत्यारोपण गरिन्छ ।

प्रत्यारोपण गरिएको कलेजो बन्न लाग्ने समय

डा. भण्डारीका अनुसार कलेजो लिने व्यक्तिको शल्यक्रिया ठूलो र जटिल हुन्छ । दिने व्यक्तिको शल्यक्रिया पनि लगभग जटिल नै हुन्छ । त्यसकारण दिने व्यक्तिलाई पनि एक, दुई दिन आईसीयूमा राख्नुपर्ने हुन्छ ।

उन अनुसार कलेजो दान गर्ने व्यक्ति शल्यक्रियापछि चारदेखि ६ हप्तामा सामान्य अवस्थामा पुगेर दैनिक कार्यमा फर्किन सक्छ । कलेजो दिने व्यक्तिले आवश्यकताअनुसार आफ्नो कलेजोको ४० देखि ६० प्रतिशतसम्म भाग दिनुपर्ने हुन्छ ।

दिने व्यक्तिको शल्यक्रिया भएको दुई हप्तामा उसको ९० प्रतिशत कलेजो पलाइसकेको हुन्छ ।

कलेजो प्रत्यारोपण गरिएको व्यक्तिलाई शल्यक्रियापछि एक हप्तासम्म आईसीयूमा राखिन्छ । आइसियुबाट निकालिएको दुई वा तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज गरिन्छ । डाक्टरका अनुसार डिस्चार्ज भएपछि पनि कलेजो प्रत्यारोपण गरिएको व्यक्तिले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

प्रत्यारोपण गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु

– सबैभन्दा बढी सङ्क्रमण हुनबाट बच्ने ।

– अस्पताल गएर नियमित जाँच गराउने ।

– मद्यपान र धुम्रपानबाट टाढा बस्ने ।

– चिकित्सकले दिएको औषधी ठिक समयमा सेवन गर्ने ।

– सकेसम्म घरबाट बाहिर केही समयसम्म ननिस्किने ।

– बाहिर निस्किँदा मास्क प्रयोग गर्ने ।

– भिडभाडमा नजाने ।

– घरमै पनि सावधानीपूर्वक बस्ने ।

– रुघाखोकीजस्ता सरुवा रोग लागेका व्यक्तिको सम्पर्कमा नजाने ।

– खानपिनमा धेरै ख्याल गर्ने ।

– औषधीको जथाभावी प्रयोग नगर्ने ।

– शल्यक्रिया गरिएको ६ महिना वा एक वर्षसम्म धेरै सावधानी अपनाउने

(कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा. रमेशसिंह भण्डारीसँग गरिएको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ८ : ०० बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा