कोरोनाको ओमिक्रोन भेरियन्ट: हटस्पट बन्दै काठमाडौं « Khabarhub

कोरोनाको ओमिक्रोन भेरियन्ट: हटस्पट बन्दै काठमाडौं


२९ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिएको छ ।

काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो समय काठमाडौँमा कोरोना भाइरस संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ ।

बुधवार देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधवार मात्र काठमाडौंमा १ हजार १ सय २८, भक्तपुरमा १ सय ३४ र ललितपुरमा २ सय ३६ कोरोनाका संक्रमित थपिएका हुन् ।

यो विवरण अनुसार काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेर ११ हजार नाघेको छ भने पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ६ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको