युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर च्याम्पियन « Khabarhub

युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर च्याम्पियन


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैकल्पिक खेलाडी एलेक्सिस सान्चेजले गरेको खेलको अन्तिम समयको गोलसँगै इन्टर मिलानले युभेन्ट्सलाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरागमन जित सहित इन्टरले सन् २०१० पछि पहिलो पटक यो उपाधि हात पारेको हो ।

खेल पेनाल्टी सुट आउटतर्फ धकेलिँदा खेलमा १२१ औं मिनेटमा बेन्चबाट आएका सान्चेजको गोल निर्णायक बनेको थियो ।

खेलको २५औँ मिनेटमा वेस्टन म्याकेनीको गोलमा युभेन्ट्सले अग्रता बनायो । ३५औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै लौटारो मार्टिनेजले इन्टरलाई पहिलो हाफमा १-१ को स्थितिमा ल्याए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा पुगेको थियो ।

अतिरिक्त समयको इन्जुरी समयमा अनुभवी खेलाडी सान्चेजको गोलसँगै इन्टर उपाधि जित्न सफल भयो ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ८ : ११ बजे

‘बेहुली’मा कुल ब्वाइ र दिव्याको जोडी

काठमाडौं – टिकटकबाट चर्चामा आएका पारस बम (कुल ब्वाइ) र

कोमल वलीका बुवाको छतबाट खसेर मृत्यु

काठमाडौं- गायिका तथा नेतृ कोमल वलीका बुवा ललितबहादुर वलीको शुत्रलबार

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : आर्थिक अवस्थाको समीक्षादेखि सुधार कार्यदल गठनसम्म

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम

शिक्षा, युवा तथा खेलकुदमन्त्री पोखरेलले गरे पदवहाली

काठमाडौं– शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पदवहाली गरेका छन्

पहिलो पटक संघीय सरकारमा ३३ प्रतिशत महिला

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा