अमेरिकाबाट चीन जाने उडान रद्द गरिएपछि बेइजिङसँग न्युयोर्क क्रुद्ध, बदला लिने चेतावनी | Khabarhub Khabarhub

अमेरिकाबाट चीन जाने उडान रद्द गरिएपछि बेइजिङसँग न्युयोर्क क्रुद्ध, बदला लिने चेतावनी


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि अमेरिकाले त्यसको विरोध गरेको छ ।

कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो । अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो । बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ ।

चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ । कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा कोभिड संक्रमण बढेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण बढेको सरकारले बताउँदै आएको छ ।

अमेरिकामा भने पछिल्लो समयमा कोभिडको सुनामी नै आएको छ । संक्रमित बढे पनि अस्पताल भर्ना हुनेहरुको संख्या भने तुलनात्मक रुपमा कमि देखिएको बताइएको छ । त्यस्तै, युरोपेली मुलुकहरु भने कोभिडबाट नराम्रोसँग प्रभावित छन् । केही साताभित्र युरोपको आधा जनसंख्या कोभिडबाट संक्रमित हुने डब्लूएचओले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ९ : १५ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा