महोत्तरीका पालिकाहरूले सुरू गरे खोपसहितको सेवा प्रवाह « Khabarhub

महोत्तरीका पालिकाहरूले सुरू गरे खोपसहितको सेवा प्रवाह


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका स्थानीय तहले कोरोना खोपलाई तीव्रता दिन खोप सहितको सेवा प्रवाह गर्न थालेका छन् । नगर कार्यापालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई झण्डै १० वटा पालिकाले खोपसहितको सेवा बुधबारदेखि नै सुचारु गरेका हुन् ।

जिल्लाको बर्दिबास नगरपालिकाले सुरु गरिसकेको र गौशाला, औरही, रामगोपालपुर, सम्सी, मनरासिस्वा, मट्टिहानी, जलेश्वर, बल्वा, महोत्तरी लगायतका पालिकाहरूमा कोरोना माहामारीको जोखिमलाई मध्यनजर गर्दै खोपसहितको सेवा प्रारम्भ हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

बर्दिबास नगरपालिकामा खोप नलगाएका र पूर्ण खोप लगाउन बाँकी रहेका सेवाग्राहीहरुलाई बुधबारदेखि गेटमा नै खोप लगाउन सुरू गरिएको नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए । अहिले महोत्तरीमा कोभिसिल्ड, भेरोसेल र जोनसन एण्ड जोनसन खोप पर्याप्त रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवको भनाइ छ ।

जिल्लाका झण्डै ९० प्रतिशत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाइसकिएको छ ।

पुस मसान्तसम्म जिल्लामा ६६ देखि ७० प्रतिशत खोप लगाइसक्ने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्य छ । तर अहिलेसम्म ३५ प्रतिशतले पूर्ण खोपको मात्रा र ६५ प्रतिशतले दोश्रो खोप लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांक छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १२ : ४० बजे

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई