सुत्केरी हुन नसकेपछि महिलाको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

सुत्केरी हुन नसकेपछि महिलाको हेलिकोप्टरमार्फत उद्धार


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– भोटखोला गाउँपालिका–२ लिङ्गमकी २८ वर्षीया एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धर गरिएको छ ।

भोटखोला–२ लिङ्गमकी २८ बर्षीया चिप्प याङ्जम भोटेको बुधबार हेलिकप्टरमार्फत उद्धार गरी काडमाडौँको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो ।

उनको हटियामा उपचार हुन नसकेपछि बुधबार साँझ थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको प्रजिअ खतिवडाले बताए ।

सुत्केरी भोटेको हटिया स्वास्थ्य चौकीमा भिडियो एक्सेर गर्दा बच्चा उल्टो र असहज अवस्था देखिएपछि थप उपचारका लागि काडमाडौँ पठाएको भोटखोला गाउँपालिका स्वास्थ्य सह–संयोजक स्टाफ नर्स अमृता तामाङले बताइन् ।

स्टाफ नर्स तामाङका अनुसार भिडियो एक्सरे गर्दा आमा र बच्चा दुबैको अवस्था गम्भीर देखिको र तत्काल अप्रेसन गर्नुपर्ने भएकाले काडमाडौँ रेफर गरिएको हो ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  २ : ५४ बजे

दोस्रो प्रयासमा अर्थ मन्त्रालय सम्हाल्दै स्वर्णिम वाग्ले

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) देशको बिग्रँदो आर्थिक अवस्था

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

घोराही– टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ ।

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।