तरुलको व्यापार फस्टायो « Khabarhub

तरुलको व्यापार फस्टायो


२९ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो ।

जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । यसमा रोग तथा किराको आक्रमणसमेत नहुँदा खानका लागि उपयुक्त भएकाले पनि तरुलको माग बढेको हो ।

तानसेनका बजार क्षेत्रमा जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग प्रशस्त छ । तरुल उसिनेर, आगोमा पोलेर तथा तरकारीका रूपमा खाने चलन छ । माघेसङ्क्रान्तिका अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन छ ।

तानसेन नगरपालिका–२ का कुशल पाण्डेयले पछिल्ला दुई दिनको अवधिमा २०० किलो तरुल र सखरखण्डको व्यापार गरेको बताए । पहिला तरुलको माग यति धेरै थिएन, मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ । उनले भने, “अन्य तरकारीभन्दा तरुल बिक्री बढी छ ।”

तानसेन नगरपालिका–२ नारायणस्थानकै तरकारी व्यवसायी विक्रम अधिकारीले तरुलको मागअनुसार पूर्ति गर्न समस्या भएको बताए । तानसेन बजारमा स्थानीय जङ्गल तथा खेतबारीमा उत्पादित तरुल बिक्रीका लागि राखिएको छ । अहिले दैनिक ५० किलोभन्दा बढी तरुल बिक्री हुँदै आएको उनको भनाइ थियो । मकरसङ्क्रान्ति नजिकै आएपछि दैनिक ५० किलोग्रामसम्म तरुल बेच्न थालेको अधिकारीले बताए ।

बगनासकाली गाउँपालिका–३ आर्यभञ्याङका यमबहादुर घर्तीमगरले अहिले गाउँमा उत्पादित तरुल सदरमुकाम तानसेनमा थोक मूल्यमा बिक्री गर्दै आएका छन् । गाउँमा उत्पादित तरुल उहाँले तानसेनमा मात्र चार क्विन्टल बिक्री गरी आम्दानी गरेका छन् ।

थोक रु १२० मा बिक्री हुन्छ । वनमा फलेको तरुल खनेर तानसेन बजारमा बिक्री गर्नेहरु पनि अहिले कमी छैन । डोकोमा बोकेर एक किलोग्रामका पोकामा तरुल हातमा झुण्ड्याएर बिक्री गर्नेहरूले पनि दैनिक राम्रो आम्दानी गरेका छन् ।

प्रतिकिलो रु १२० देखि रु १५० सम्म तरुल बिक्री हुन्छ । दैनिक १५ देखि २० किलोग्राम बिक्री हुँदै आएको तिनाउ गाउँपालिका–४ सत्यवतीका ओमप्रकाश दर्लामीले बताए ।

पाल्पाको पूर्वी क्षेत्रमा उत्पादित तरुल जिल्ला बाहिर निर्यात हुँदै आएको छ तर पाल्पालगायत पहाडी जिल्लामा व्यावसायिक तरुल खेतीप्रति स्थानीय सरकारको चासो देएिखाइएको छैन ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ९ : ४० बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका