भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि « Khabarhub

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हुन थालेको हो ।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितमा अधिकांश भारतबाट घर फर्किने रहेका छन् ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, जौलजीवी, गड्डाचौकी र गौरीफन्टा नाकाबाट हाल दैनिकरुपमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ । ती नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।

नाकामा गरिएको परीक्षणमा बुधबार मात्रै भारतबाट फर्किएका १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार १४८, सोमबार ८८ र आइतबार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । भारतमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या बढिरहेको छ । उनीहरुमध्ये अधिकांश सङ्क्रमित भइ घर फर्किने गरेको पाइएको छ ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए ।

उनले भने, ‘भारतको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ, खोप अभियानलाई तीव्र पार्नुका साथै नाकामा स्वास्थ्य जाँचमा जोड दिएका छौँ ।’

सीमा नाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत परीक्षणको काम भइरहेको छ । धेरैजसो सङ्क्रमित सिधै घर जाँदा सङ्क्रमणको जोखिम बढ्दै गएको हो । होम आइसोलेशनमा बस्ने बाहानामा सङ्क्रमित सिघैँ घर जाँदा समुदायस्तरमा कोरोनाको जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनले भने, ‘स्थानीय तहले संस्थागत आइसोलेशन बनाउन चासो देखाएका छैनन्, होम आइसोलेशनमा बस्ने भन्दै सिधै सङ्क्रमित समुदायमै घुलमिल हुँदा जोखिम अत्यधिक छ ।’ सुदूरपश्चिममा हालसम्म चार लाख ४४ हजार ७७६ जनाको कोरोना परीक्षण गरिएकामा ४९ हजार ४७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट हालसम्म प्रदेशमा ६१४ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ४ : १० बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा