स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने « Khabarhub

स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई दरबन्दीअनुसार जनशक्तिको व्यवस्थापन र करारमा लिएका जनशक्तिको अवधि तीन महिना म्याद थप गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आजै नै ति अस्पताललाई दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न र करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मी र कर्मचारीको माघ महिनादेखि तीन महिनासम्म अवधि थप गर्न निर्देशन दिइसकेको बताए ।

ओमिक्रोन भेरियन्टका कारण अहिले सङ्क्रमण बढेको छ । आज मात्र तीन हजार ५५३ जनामा सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १० : ५९ बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन