नेप्से परिसूचक ५४ अंकले वृद्धि « Khabarhub

नेप्से परिसूचक ५४ अंकले वृद्धि


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार बढेको छ ।

बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बुधबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूलय मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंकले बढेको छ ।

बुधबार कारोबारमा आएको दिन २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से पसिूचक बढे पनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । बुधबार नेप्सेमा ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।जसमा जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९ प्रतिशत बढेको छ । लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

आज कारोबारमा आएका मध्ये मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। तर यता नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य भने १ प्रतिशत घटेको छ ।

आज कारोबार रकमका आधारमा ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । त्यस्तै अपि पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ६ : ०० बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली