१० दिनमा थपिए १५ हजार बढी संक्रमित | Khabarhub Khabarhub

१० दिनमा थपिए १५ हजार बढी संक्रमित


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो १० दिनयता कोरोना संक्रमणका बिरामीहरु ह्वात्तै बढेका छन् । केही साता अघिसम्म दैनिक चार सयको वरिपरि रहेको कोरोना संक्रमण संख्या यतिबेला बढेर ३ हजार ५०० पुगेको छ ।

गएको १० दिनमा मात्रै १५ हजार २०२ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पुस १९ गतेदेखि कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

पुस १९ गते देशभरका ३२६ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । यो संख्या बढेर २० गते ३९३ जना पुगेको थियो । त्यस्तै २१ गते ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङकले देखाएको छ ।

त्यसतै २२ गते ५४० कोरोनाका नयाँ बिरामी थपिएका थिए । २३ गते उक्तसंख्यामा करिब ४०० ले बढेर ९६८ जना कोरोनाका नयाँ विरामी थपिएका थिए ।

गत पुस १९ गतेबाट बढेको कोरोना संक्रमितको संख्या अहिले दैनिक बढिरहेको छ ।

त्यस्तै पुस २४ गते ९४४ जना, २५ गते १ हजार १६८ जना, २६ गते १ हजार ४४६ जना, २७ गते २ हजार ४४४ जना, २८ गते ३ हजार ७५ जनामा र बिहीबार २९ गते ३ हजार ५५३ जना कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन् । यो दश दिनमा देखिएको कोरोना संक्रमितको संख्या करिब डेढ महिनाअघिबाट दिएको कोरोना संक्रमितको संख्या भन्दा धेरै हो ।

नेपालका कोरोना संक्रमण देखिएदेखि हालसम्म ८ लाख ४१ हजार २९७ जनामा कोरोना संक्रमण देखिएको छ भने निको हुनेको संख्या पनि ८ लाख १५ हजार ३४७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना महामारीमा परी पुस २९ गतेसम्म ११ हजार ६१० जना मानिसहरुले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जारी गरेका तथ्याङ्कमा उल्लेख गरिएको छ ।

ओमिक्रोन फैलिए पनि जटिल अवस्थामा पुर्‍याएको छैन : डा.पुन

सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले ओमिक्रोन तिव्र रुपमा फैलिएपनि त्यसले संक्रमितहरुलाई जटिल अवस्थामा भने नपु¥याएको बताए ।

ओमिक्रोन फैलिको अनुपातलाई हेर्दा धेरै बिरामीहरु अस्पताल भर्ना हुनुपर्ने भएपनि त्यस्तो नदेखिएको उनको भनाइ छ ।

विश्वका अन्यदेशहरुमा ओमिक्रोन फैलिएको अनुपातलाई हेर्दा त्यसको अनुपातमा विरामीहरु अस्पताल भर्ना नभएको देखिएकाले पनि यो भेरिएन्टले संक्रमतिलाई अघिल्ला भेरिएन्टले जस्तो जटिल अवस्थामा नपुर्‍याउने उनले बताए । जटिल अवस्थामा पुर्‍याउँदैन भनेर हेलचेक्राइ भने गर्न नुहुने डा.पुनले बताए ।

कोरोना संक्रमणलाई फैलन नदिन सबैले स्वास्थ्य सुरक्षा अपनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

कोरोना संक्रमति बिरामीहरुलाई टाउको दुख्ने, घाँटी दुख्ने, सामान्य ज्वरो आउने र नाकबाट सिङ्गान बग्ने जस्ता लक्षणहरु बढी देखिएको उनले बताए ।

अहिले नेपालमा कोरोना संक्रमण जसरी फैलिएको छ त्यसको अनुपातमा जटिल भएका किसिमका बिरामीहरु कमै रहेको उनले बताए ।

कोरोना संक्रमणबाट विशेष गरी खोप नलगाएका व्यक्तिहरु बढी जोखिममा रहेको उनले बताए ।

सामान्यतया प्रायः सबै मानिसहरुले कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लागाइसकेका कारण पनि कोरोना संक्रमणले जटिल रुरुपमा लिन नसकेको उनको भनाइ छ ।

डा. पुनका अनुसार कोरोना संक्रमणबाट बञ्चिनुको एक मात्र विकल्प स्वास्थ्य सुरक्षामा ध्यान दिनु र कोरोना भाइरस विरुद्ध खोप लगाउन हो ।

कोरोना भाइसर विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई संक्रमणले हुने र जटिल अवस्थामा पुर्‍याउने सम्भावना बढी हुने भएका कारण खोप लगाउन र आवश्यक सजगता अपनाउन डा. पुनले सबैलाई आग्रह समेत गरे ।

विषेश गरी दीर्घरोगी र कोरोना भाइरसको खोप नलगाएका साना बालबालिकाहरुलाई संक्रमणबाट बचाउन बढी चुनौति हुने गरेको छ ।

संक्रमणबाट जोगाउन बालबालिकाहरुलाई बढी भिडभाड हुने स्थानमा नलैजान र नजान चिकित्सकहरुले आग्रह गर्दै आएका छन् ।
त्यस्तै सरकारले पनि कोरोना संक्रमणबाट बञ्चको लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु समेत बनाएको छ ।

अनिर्वाय माक्स लगाउनुपर्ने, दुई मिटरको भौतिक दुरी कायम गर्ने, कुनै पनि वस्तु छोएपछि साबुनपानीले राम्रोसँग हात धुने लगायत विभिन्न निमयहरु पालना गरे कोरोना संक्रमण हुनबाट बच्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ८ : ४५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले