प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाभियोगको प्रस्ताव दर्ता « Khabarhub

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाभियोगको प्रस्ताव दर्ता


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले उनीविरुद्ध संसद् बिहान ११ बजेर १० मिनेटमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाभियोग प्रस्ताव दर्ता गर्नेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदको टोली छन् ।

संसद सचिवालयका अनुसार आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेका थिए । सभामुखलाई भेट्न पुगेका सांसदहरुमा पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत छन् ।

मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एशोसिएनसले एक सय सात दिनदेखि आन्दोलन गरिरहेको छ ।

 

https://www.facebook.com/khabarhubofficial/videos/2825218461111673

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : ४४ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ