ए डिभिजन लिगः एनआरटी र हिमालयनबीचको खेलमा बराबरी « Khabarhub

ए डिभिजन लिगः एनआरटी र हिमालयनबीचको खेलमा बराबरी


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएको एनआरटी र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले अंक बाँडेका हुन् ।

बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । समान अंक भएपछि गोलअन्तरका आधारमा संकटा तल झरेको छ ।

हिमालयन शेर्पा समान खेलबाट १२ अंकसहित आठौँ स्थानमा छ । जारी लिगमा १० खेलबाट २६ अंक बनाएको मछिन्द्र दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबभन्दा ६ अंकले अगाडि रहँदै उपाधि नजिक छ ।

त्यस्तै रेलिगेसन जोनमा भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ३ : ४९ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट