उड्डयनका पूर्वमहानिर्देशक क्षेत्रीविरुद्धको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश | Khabarhub Khabarhub

उड्डयनका पूर्वमहानिर्देशक क्षेत्रीविरुद्धको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीलाई अवकाश दिँदै जारी गरिएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।

उमेर हदको कारण देखाउँदै अवकाश दिइएपछि क्षेत्रीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

आइतबार सोही मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अवकाश दिइएको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।

साथै, सबूत प्रमाणसहित विपक्षीलाई १५ दिनभित्र उपस्थिति हुन वा प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न पनि अदालतले आदेश दिएको छ ।

दुवै पक्षबीच छलफल गराई यो मुद्दाको टुंगो लगाउनु उपयुक्त हुने अदालतको ठहर छ । यसका लागि फागुन ९ गते पेशीसमेत तोकिएको छ ।

प्राधिकरणले क्षेत्रीलाई उमेर हदको कारण देखाउँदै पुष २३ गते अनिवार्य अवकाश दिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ५४ बजे

देशका अधिकांश भूभागमा मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यु-१९ महिला विश्वकप एसिया छनोट : अन्तिम खेलमा आज युएईसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम

चिसो बढेपछि सुनसान बन्यो सुन्दर ‘बुकीपाटन’

बागलुङ – चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक २८ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल कात्तिक २८ गते बुधबार तदनुसार