ए डिभिजन लिगः एपीएफ र संकटाबीचको खेलमा बराबरी « Khabarhub

ए डिभिजन लिगः एपीएफ र संकटाबीचको खेलमा बराबरी


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएको एपीएफ र संकटा क्बलबीचको खेल बराबरीमा सकिएको छ ।

काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा कुनै गोल हुन नसक्दा दुवै क्बलले अंक बाँडेका हुन् ।

११ औँ मिनेटमा सुवास गुरुङको पासमा फोडे फोफनाको प्रहार एपीएफका गोलरक्षक युवा कुरियामाले बचाए । ३४ औँ मिनेटमा नवीन लामाको कर्नर प्रहारमा आर्मन्ड बिडोमको हेडर क्रसर बार माथिबाट बाहिरियो ।

६० औँ मिनेटमा रोमन लिम्बुको फ्री किकमा एपीएफका गोलरक्षक कुरियामा अगाडि बढेको अवस्थामा नीरज बस्नेत बललाई कनेक्ट गर्न सकेनन् । ६१ औँ मिनेटमा उत्तम राईको प्रहारलाई ओलुवासोगोको खुट्टामा डिफ्लेक्ट हुँदै बार नजिकैबाट बाहिरियो ।

खेलको ७४ औँ मिनेटमा एपीएफले गोलको राम्रो अवसर खेर फाल्यो । मैदानको मध्य भागबाट संकटाका रोशन परियारबाट खोसेर अघि बढाएको बलमा अभाव लामिछानेले ‘वान भर्सेस वान’ अवस्थामा राजाबाबु थापालाई बिट गर्न सकेनन् । आभासले १८ यार्ड बक्सबाट गरेको प्रहार राजाबाबुले विफल पारिदिए ।

८४ औँ मिनेटमा एपीएफले पेनाल्टी बक्सबाहिर फ्रि–किक पाएको थियो । एपीएफका कप्तान नवीन लामाले गरेको प्रहार राजाबाबुले बचाएका थिए ।

बराबरीसँगै १० खेलबाट १५ अंक जोडेको संकटा तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र एक खेलमा हारको नतिजा ल्याएको छ ।

त्यस्तै, समान खेलबाट ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा यथावत् छ । एपीएफले दुईमा जित, पाँचमा बराबरी र तीनमा हारको नतिजा ल्याएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै