राष्ट्रिय यू–१९ महिला क्रिकेट चैत ६ गतेदेखि, प्रथम पुरस्कार ५ लाख « Khabarhub

राष्ट्रिय यू–१९ महिला क्रिकेट चैत ६ गतेदेखि, प्रथम पुरस्कार ५ लाख


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – राष्ट्रिय स्तरको यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता चैत ६ गते धनगढीमा सुरु हुने भएको छ ।

प्रतियोगिता सञ्चालन नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले सञ्चालन गर्ने छ। प्रतियोगिता बारेमा जानकारी दिँदै क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू–१९ प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

‘सिनियर क्रिकेट प्रतियोगिता जताततै भइरहेका छन्, ‘उनले भने, ‘तर यू–१९ स्तरका महिला खेल खास्सै सञ्चालन हुन सकेका छैन, तर क्रिकेटको आधार यू–१९ नै भएका कारण त्यसलाई बलियो बनाउन खोजेका हौं ।’

प्रतियोगितामा ७ वटै प्रदेशबाट यू–१९ समुहको टोली सहभागि हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख तथा उप विजेता टोलीलाई ३ लाख प्रदान गरिने उनले बताए ।

क्रिकेटको राष्ट्रिय टोलीलाई बलियो बनाउन यू–१९ स्तरका घरेलु प्रतियोगिता हुन आवश्यक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले बताए । जब सम्म तल्लो स्तरबाटै स्तरिय खेडालीको पहिचान गर्न सकिंदैन तव सम्म राष्ट्रिय टोलीलाई बलियो बनाउन सकिंदैन,’ सिंहले भने, ‘प्रदेश सरकारले त्यही उद्देश्य अनुरुप यू–१९ महिला क्रिकेट सञ्चालन गर्न थालेको हो ।’ धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता चैत ११ गते समापन हुने छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : ४७ बजे

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित

सभामुख अर्याल र अध्यक्ष दाहालबीच पहिलो औपचारिक भेटवार्ता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता