पवनदीप र अरुणिता विवादमा तानिए « Khabarhub

पवनदीप र अरुणिता विवादमा तानिए


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’फेम गायक पवनदीप राजन र अरुणिता काजीलालको जोडीलाई दर्शकले निकै मन पराएका छन् । ‘इण्डियन आइडल-१२’सकिएको महिनौँ बित्दा पनि उनीहरुको लोकप्रियता घटैको छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छन् ।

सम्झौताअनुसार म्यूजिक एल्बम सुट र त्यसको प्रोमोसन नगरेको आरोप दुवैमाथि लागेको छ । म्यूजिक एल्बमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।

यो सम्झौता अनुसार पवनदीप र अरुणिताले एल्बमका लागि २० गीतको सुटिङ गर्नुपर्ने थियो । तर उनीहरुले एक गीतको सुटिङ गर्न अस्वीकार गरे । सोनी टेलिभिजनले पवनदीप र अरुणिता ‘इण्डियन आइडल’मा प्रतिष्पर्धा गरिरहँदा यो सम्झौता गरेको थियो ।

यो सम्झौताको बेला गरिएको पत्रकार सम्मेलनमा आयोजकले निकै पैसा खर्च गरेका थिए । पैसा, समय र प्रतिबद्धता गरे पनि पवनदीप र अरुणिताले गीतको सुटिङ रोकेका थिए ।

सोनी टेलिभिजनले यो मामलामा कुनै पनि प्रकारको एक्सन लिन लागेको खबर गलत भएको जनाएको छ । यो विषयमा पवनदीप र अरुणिताको कुनै प्रतिक्रिया आइसकेको छैन । हाल यो जोडी अमेरिकामा गीतको सुटिङ गरिरहेको छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ५२ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै