पाटनको महिला उद्यमी मेला उत्साहमय | Khabarhub Khabarhub

पाटनको महिला उद्यमी मेला उत्साहमय


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन – पाटनको नागबहालमा महिला उद्यमी मेलामा फेशन शो लगायत सांस्कृतिक कार्यक्रमका कारण शनिबारको मेला उत्साहमय भएको छ ।

शनिबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा अमर चित्रकार, सुदीज बज्राचार्य, अमोग बज्राचार्य, सक्षम शर्मा, बविन राजोपाध्याय,सुनिल बज्राचार्यलगायतले स्टेज तताएका थिए ।

कार्यक्रममा तिरश महर्जनको लाखे नाचले वातावरण जात्रामय भएको थियो भने श्रृति शाक्यको बज्रयोगिनी नाचले सहभागीले मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा ड्रेस डिजाइनरको आकर्षक पहिरनसहित मोडल र्‍याममा उतारिएको थियो । मोडल प्रसिद्धि शाक्य,एञ्जिला शाक्य,सुप्रिया बज्राचार्य,अनुष्का शाक्य, सलोना बज्राचार्य,सुयंका बज्राचार्य,त्रिश्ना शाक्य,प्रियंका बज्राचार्य, सिम्रन शाश्य, रुकिना शाक्य,श्रेया बज्राचार्य लिजला शाक्यले आर्कषक पहिरन पस्केका थिए । फेशन शोमा कोरियोग्राफर शोभा शाक्य र ट्रेनि शनिश शाक्यको डिजाइन प्रस्तुत गरिएको थियो ।

मेलामा फुड स्टल र कला तथा फोटो प्रर्दशनीमा आगन्तुकको भीड लागेको थियो । हस्तकलाको लाइभ डेमोस्ट्रेशन र विभिन्न साँस्कृतिक बाजा हेर्ने स्थानीयको पनि उत्तिकै घुइँचो लागेको थियो ।

ललितपुर महानगर १६ का वडाध्यक्ष निर्माणरत्न शाक्यले कोरोनापछि मेला आयोजना गरेका कारण पाटनबासीको उत्साजनक सहभागिता भएको बताए।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : १० बजे

महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा १३

रिहा गरिनुपर्ने निवेदनपछि रविले अदालतमा बुझाए पौने ३ करोडको बैंक जमानत

काठमाडौं- सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि हाल भैरहवा कारागारमा रहेका

शिक्षा समितिको बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चर्काचर्की

काठमाडौ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी

गण्डकी– पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउण्डेशन (लक्ष्मी ग्रुप) बीच वातावरण