त्शो रोल्पा र इम्जा त्सो हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने | Khabarhub Khabarhub

त्शो रोल्पा र इम्जा त्सो हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका दुई प्रसिद्ध हिमताल त्शो रोल्पा र इम्जा जुनसुकै बेला फुट्न सक्ने विज्ञले बताएका छन् ।

नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे)ले आयोजना गरेको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको वातावरण विज्ञान विद्यालयका हिमनदी विज्ञ तथा विभाग प्रमुख डा. रिजनभक्त कायस्थले यी हिमतालहरू जोखिममा रहेको बताए ।

उनले हिमनदीहरू छोटो हुँदै जानु र हिमतालको आकार बढ्दै जानु खतराको घन्टी भएको बताए । ‘वार्षिक औसत तापक्रममा भएको बृद्धिले हिमनदी पग्लने गति बढेको छ र बरफ निर्माण प्रक्रियामा बाधा पुगेको छ’‚ डा कायस्थले टिप्पणी गरे।

यस्तै‚ नेपालका २१ वटा हिमताल जुनसुकै बेला विस्फोट हुने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन् ।

‘इसिमोडको अध्ययनले नेपालको २१‚ तिब्बतका १५ र भारतका १ हिमताल उच्च जोखिममा रहेको देखाएको छ र सरकारले क्षति न्यूनीकरणका लागि तत्कालै पहल गर्नुपर्ने आवश्यकता छ’‚ उनले भने। उनले सम्भावित प्रकोपको विष्फोटको बारेमा तल्लो तहका समुदायलाई जानकारी गराउन प्रारम्भिक चेतावनी प्रणाली विकास गर्न पनि आग्रह गरे।

उनका अनुसार नेपालमा हरेक वर्ष ०.०२९ डिग्री सेन्टिग्रेड तापक्रम बढ्दै गएकोले हिमाली समुदायलगायतका मानिसको जैविक विविधता र जीविकोपार्जनमा जोखिम बढेको छ ।

इसिमोडले गरेको अध्ययनमा नेपालमा सन् २०१० मा ४२१२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको र ३१२ वर्ग किलोमिटर हिउँ सञ्चय गर्ने ३८०८ हिमनदीहरू थिए।

सन् २०१५ मा इसिमोडले गरेको अर्को अध्ययनमा नेपालका हिमतालहरू घट्दै गएर २०७० ओटा पुगेको थियो ।  वायुमण्डलमा कार्बनडाइअक्साइडको बढ्दो मात्राले गर्दा सन् १९७७ देखि २०१० सम्ममा हिमनदीको क्षेत्रफल २४ प्रतिशतले घटेको छ‚ विगत २६ वर्षदेखि हिमनदीमा जलवायु परिवर्तनको प्रभावबारे अनुसन्धान गरिरहेका डा. कायस्थले बताए।

जलविद्युत उत्पादनमा समेत असर पर्ने जलवायु परिवर्तनको असरका कारण नदीमा पानीको मात्रा पनि घट्दै गएको उनको अनुभव छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : ३७ बजे

चाडपर्वलाई तडकभडकको प्रतिस्पर्धा नबनाऔँ : रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको

दशैँलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी– म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैँमा घरमा खान, पाहुुनालाई प्रसाद

दशैँमा सन्तुलित भोजन गरौं, नयाँ नयाँ ठाउँ घुमौं

झोल हालेर मासु, तारेर मासु, सुकाएर मासु, अचार बनाएर मासु

प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह

काठमाडौं– तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र

देशका अधिकांश भूभागको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत