अम्बे स्टील्सलाई एक महिनाभित्र ३५ मेगावाट विद्युत दिइने « Khabarhub

अम्बे स्टील्सलाई एक महिनाभित्र ३५ मेगावाट विद्युत दिइने


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ ।

 प्राधिकरणले अहिले स्टील्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ ।

 प्राधिकरणले उद्योगसम्म विद्युत पुर्याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिना भित्रमा थप २७ मेगावाटसहित अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत दिन लागेको हो ।

उद्योगसम्म विद्युत पुर्याउनका लागि कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पुर्याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरूलाई विद्युत आपूर्ति दिन निर्माण गर्नु पर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत खपत गर्ने अम्बे स्टील्स्को भ्रमण गरी एक महिनाभित्र विद्युत आपुर्ति लिने गरी आफूले गर्नु पर्ने  सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ । विद्युत खपत बढाउन उद्योगहरूलाई मागेजति विद्युत दिइरहेका छौं, औद्योगिक करिडोरमा विद्युत खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

 अम्बे स्टील्स्ले विद्युत जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको देखिएको छ, उद्योगले आवश्यक तयारी पूरा गर्नासाथ विद्युत आपूर्ति दिन सकिन्छ, हाम्रो तर्फबाट कुनै समस्या छैन । उनले अम्बे स्टील्स् सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रुपमा विकास हुन लागेकोले त्यहाँ १३२ केभीको सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए ।

सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण सम्झौता भइसकेको छ । अहिले रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर १३२ केभीको सब स्टेसनमार्फत आगामी दिनमा उद्योगहरूलाई विद्युत आपूर्ति दिइने छ ।

खपत बढाउन र आन्तरिक रुपमा खपत गरेर जगेडा हुने विद्युत भारतमा बिक्री गर्न सकेनौ भने बर्खामा दैनिक करिब पाँच सय मेगावाट विद्युत खेर फाल्नु पर्ने भयावह अवस्था आयो भने के होला ?  त्यसैले ठूला उद्योगमा विद्युत खपत बढाउन केन्द्रित हुनपर्छ’, कार्यकारी निर्देशक घिसिङले भने  ।  यसका लागि औद्योगिक करिडोरहरूमा विद्युत आपूर्तिका लागि विद्युतीय संरचनाको पूर्वाधार निर्माण योजनावद्ध रुपमा अगाडि बढाएका उनले बताए । 

कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिएजति विद्युत दिन हाल रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सफर्मर थप गर्ने योजनाअनुरुप काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बताए । प्राधिकरणले ठूला औद्योगिक हब बन्ने सम्भावना भएका बारा–पर्सा क्षेत्र, भैहरवा, सुनवल, परासीलगायतका क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ३६ बजे

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…

काठमाडौं – कन्टेन्टको लोभले रसुवा बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई

इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा

क्विटो– इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च