भारतले चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउनुको कारण यस्तो | Khabarhub Khabarhub

भारतले चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउनुको कारण यस्तो


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनसँगको द्विपक्षीय सम्बन्ध कायमै रहेपनि भारतले चीनका धेरै एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको छ । कुनै पनि राष्ट्रले आफ्ना नागरिकको गोपनीयता भंग भएको सहन सक्दैनन्, भारतले पनि त्यही गरिरहेको छ ।

राष्ट्रिय सुरक्षा एवम् भारतीय नागरिकको डेटाको सुरक्षा गर्न सरकारले सूचना प्रविधि ऐन २००० अनुसार हालै ५४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धित एपहरुमा डुअल स्पेश, ब्याडलेण्डर्स, विङ्क र निकै लोकप्रिय फ्रि फायर गेम छन् ।

कारणहरु बताउँदै भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले यी एपहरु टेनसेन्ट, अलीबाबा, नेटइजजस्ता ठूला चिनियाँ कम्पनीसँग सम्बन्धित रहेको भन्दै प्रतिबन्ध लगाएको हो ।

त्यसमाथि एपहरुले ‘प्रयोगकर्ताको डेटा चोरी गरेको र गोप्य रुपमा प्रवाह गरेको’ उजुरी परेका थिए । यी एपहरुको सर्भर भारतबाहिर रहेको र भारतको राष्ट्रिय सुरक्षा एवम् रक्षा प्रति शत्रुतापूर्ण सम्बन्ध रहेको र यसकारण भारतको सार्वभौमिकतामा असर पर्नसक्ने जनाइएको छ ।

यद्यपि चीन र भारतबीचको व्यापारिक सम्बन्ध भने कायमै छ । सन् २०२०–२०२१ मा चीन अमेरिकापछि भारतको दोश्रो ठूलो व्यापारिक साझेदार बन्न पुगेको छ ।

पछिल्ला केही वर्षयता भारतमा टेलिकम पूर्वाधार, प्रविधिमा आधारित स्टार्टअप कम्पनीहरू र उत्पादनमूलक उद्योगहरुले ठूलो चिनियाँ लगानी आकर्षित गरिरहेका छन् ।

यसअघि नोभेम्बर २०२० मा भारत सरकारले भारतको सार्वभौमिकता र अखण्डतामाथि असर पार्ने भन्दै ४३ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो । यसबाहेक भारत सरकारको यो कदम सरकारले थालेको ‘आत्मनिर्भर भारत’ अभियानसँग पनि सम्बन्धित रहेको द डेली शिखले जनाएको छ ।

यसबाट विदेशमा आधारित प्राविधिक पूर्वाधारलाई निरुत्साहित गर्दै भारतीय कम्पनीलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।

(द डेली शिखबाट)
 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : २६ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा