भारतले चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउनुको कारण यस्तो « Khabarhub

भारतले चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउनुको कारण यस्तो


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनसँगको द्विपक्षीय सम्बन्ध कायमै रहेपनि भारतले चीनका धेरै एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको छ । कुनै पनि राष्ट्रले आफ्ना नागरिकको गोपनीयता भंग भएको सहन सक्दैनन्, भारतले पनि त्यही गरिरहेको छ ।

राष्ट्रिय सुरक्षा एवम् भारतीय नागरिकको डेटाको सुरक्षा गर्न सरकारले सूचना प्रविधि ऐन २००० अनुसार हालै ५४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धित एपहरुमा डुअल स्पेश, ब्याडलेण्डर्स, विङ्क र निकै लोकप्रिय फ्रि फायर गेम छन् ।

कारणहरु बताउँदै भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले यी एपहरु टेनसेन्ट, अलीबाबा, नेटइजजस्ता ठूला चिनियाँ कम्पनीसँग सम्बन्धित रहेको भन्दै प्रतिबन्ध लगाएको हो ।

त्यसमाथि एपहरुले ‘प्रयोगकर्ताको डेटा चोरी गरेको र गोप्य रुपमा प्रवाह गरेको’ उजुरी परेका थिए । यी एपहरुको सर्भर भारतबाहिर रहेको र भारतको राष्ट्रिय सुरक्षा एवम् रक्षा प्रति शत्रुतापूर्ण सम्बन्ध रहेको र यसकारण भारतको सार्वभौमिकतामा असर पर्नसक्ने जनाइएको छ ।

यद्यपि चीन र भारतबीचको व्यापारिक सम्बन्ध भने कायमै छ । सन् २०२०–२०२१ मा चीन अमेरिकापछि भारतको दोश्रो ठूलो व्यापारिक साझेदार बन्न पुगेको छ ।

पछिल्ला केही वर्षयता भारतमा टेलिकम पूर्वाधार, प्रविधिमा आधारित स्टार्टअप कम्पनीहरू र उत्पादनमूलक उद्योगहरुले ठूलो चिनियाँ लगानी आकर्षित गरिरहेका छन् ।

यसअघि नोभेम्बर २०२० मा भारत सरकारले भारतको सार्वभौमिकता र अखण्डतामाथि असर पार्ने भन्दै ४३ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो । यसबाहेक भारत सरकारको यो कदम सरकारले थालेको ‘आत्मनिर्भर भारत’ अभियानसँग पनि सम्बन्धित रहेको द डेली शिखले जनाएको छ ।

यसबाट विदेशमा आधारित प्राविधिक पूर्वाधारलाई निरुत्साहित गर्दै भारतीय कम्पनीलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।

(द डेली शिखबाट)
 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : २६ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको