नागरिकलाई केन्द्रमा राखेर सहरी नीति बनाउँछौँः झाँक्री « Khabarhub

नागरिकलाई केन्द्रमा राखेर सहरी नीति बनाउँछौँः झाँक्री


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता अनुकुल सहरी विकास नीति बताउन लागिएको बताएकी छिन् ।

उनले सहरी नीतिलाई संघीयता अनुकुल बनाउन र सबै तहका सरकारको स्वामित्व बढाउन मन्त्रालयले नीति निर्माण गर्न लागेको बताएकी हुन् ।

सहरी विकास मन्त्रालयले आइतबार सुर्खेतमा गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर सञ्चालनसम्बन्धी ऐन तर्जुमा विषयक प्रादेशिक कार्यशालामा मन्त्री झाँक्रीले नागरिकलाई केन्द्रमा राखेर सहरी नीति बनाउन लागिएको बताइन् ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा आयको सिर्जना गर्ने गरी राष्ट्रिय सहरी नीति तर्जुमा गर्नुपर्ने बताए ।

कार्यशालामा काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सहरको निर्माण र विकासमा तीनै तहका सरकारबीच समन्वयको खाँचो रहेको बताए ।

कार्यशालामा कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति तथा सदस्यहरू, प्रदेश योजना आयोगका उपाध्यक्ष, कर्णाली प्रदेशका विभिन्न जिल्लाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता थियो ।

कार्यशालामा समूह विभाजन गरी नीतिको विषयमा छलफल भएको थियो ।

मन्त्रालयले सात वटै प्रदेशमा कार्यशालाको आयोजना गरेर शहरी नीति सम्बन्धमा सुझावहरू संकलन गरिरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : ३३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको