तनहुँ दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो « Khabarhub

तनहुँ दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको ऐनापहरा सडक दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा टाटासुमो चालक जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का ३६ बर्षीय ओमप्रकाश गुरुङ र ४५ वर्षीय लक्ष्मीकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए । ७३ वर्षीय रुद्रबहादुर सेन ठकुरीको यस अगाडी नै पहिचान खुलेको थियो । तिनै जनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको उनले बताए ।

आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस र टाटासुमो एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो । चितवनबाट पोखरातर्फ आउदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट गइरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईते भएका हुन् ।

ति मध्य टाटासुमोमा सवार नौ जना घाइतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकिल कलेज रिफर गरिएकोमा तीन जनाको भएको छ ।  बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : २७ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम