तनहुँ आँबुखैरेनी दुर्घटना अपडेटः मृतक तीनै जनाको पहिचान खुल्यो « Khabarhub

तनहुँ आँबुखैरेनी दुर्घटना अपडेटः मृतक तीनै जनाको पहिचान खुल्यो


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनीमा भएको दुर्घटना मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा चीपका चालक तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का ३६ बर्षीय ओमप्रकाश गुरुङ र ४५ वर्षीय लक्ष्मीकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ७३ वर्षीय रुद्रबहादुर सेन ठकुरीको यसअघि नै पहिचान खुलेको थियो ।

तीनै जनाको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस र जीप ठोक्किएर दुर्घटना भएको हो ।

चितवनबाट पोखरातर्फ आउँदै गरेको ग. २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ग. ३ च ६०१२ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : २४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम