प्रचण्डको दुखेसो– गिरिजालाई राष्ट्रपति किन नबनाएँ, कटवाललाई किन हटाएँ « Khabarhub

प्रचण्डको दुखेसो– गिरिजालाई राष्ट्रपति किन नबनाएँ, कटवाललाई किन हटाएँ


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर र तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएर गल्ती गरेको बताएका छन् ।

विराटनगरमा आज भएको पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षणमा अध्यक्ष प्रचण्डले कोइरालालाई राष्ट्रपति बनाए हुन्थ्यो भन्दै त्यसबेला कटवाललाई किन हटाएको होला भनेर आत्मलोचना गरेका हुन् ।

उनले भने, ‘त्यो बुढो मान्छेलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो होला ? तीन महिनामा जाँदै गरेको रुक्मांगद कटवाललाई किन हटाएको होला ? थुक्क मेरो बुद्धि !’

प्रचण्डले त्यसबेला डा. बाबुराम भट्टराई र नेता रामबहादुर थापा बादलले कर गरेकाले यस्तो निर्णय लिनुपरेको पनि बताए ।

उनीहरूको पछाडि लाग्दा त्यसबेला सरकार गुमेको भन्दै उनले पश्चातापसमेत गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ५९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम