इपीएस कोटा बढाउन दक्षिण कोरियाका राजदूतसँग श्रममन्त्री श्रेष्ठको आग्रह « Khabarhub

इपीएस कोटा बढाउन दक्षिण कोरियाका राजदूतसँग श्रममन्त्री श्रेष्ठको आग्रह


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ-सुकले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ । मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुंगोमा पुर्‍याउन राजदूत पार्कसँग आग्रह गरेका छन् ।

राजदूत पार्कले इपीएस सम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणाली सम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चाच २०२० देखि नविकरणको प्रक्रियामा रहेको छ ।

मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकोले उनीहरुलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरे । रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उनले आग्रह गरे ।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । इपिएस प्रणालीअन्तर्गत १६ देशका वैदेशिक रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन् । इपीएस अन्तर्गत नेपाली कामदारको संख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताएका थिए  ।

सन् २०१८ मा इपीएस अन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार जना नेपाली रोष्टरमा रहने म्याद सकिएकोले प्रक्रियामा सहभागी हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रक्रियामा सहभागी गराउन आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरुका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ५९ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी