‘सिंघम ३’ को बारेमा बोले अजय « Khabarhub

‘सिंघम ३’ को बारेमा बोले अजय


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अजय देवगन यतिबेला आफ्नो फिल्म ‘रन वे ३४’ को प्रमोशनमा व्यस्त छन् । यसैक्रममा उनले आफ्नो प्रतिक्षित फिल्म सिंघमको बारेमा कुराकानी गरेका छन् ।

एक शोमा अन्तर्वार्ता दिँदै उनले फिल्मको काम यो वर्षको अन्तिमसम्म सुरु हुन् सक्ने बताए । ‘फिल्म छिट्टै सुरु हुन्छ । किनकी रोहित र उनको टिमले यसमा काम गरिरहेका छन् । यद्यपि कहिले सुरु हुन्छ भन्ने मलाई नै थाहा छैन’ अजयले भने ।

रोहित शेट्टी निर्देशित पछिल्लो फिल्म सूर्यवंशीमा अब ‘सिंघम ३’ आउने संकेत गरिएको छ । यद्यपि अजयले स्क्रिप्ट अझै फाइनल नभईसकेको बताए । ‘हामीले सानो हिन्ट दिएका हौँ । यद्यपि कुन कथामा फिल्म तयार गर्ने छलफलमै छ’ अजयले भने । अजय देवगन फिल्म्सका सदस्य समेत रहेका निर्देशक शेट्टीले आउँदो ‘सिंघम’ बाट दर्शकलाई बढी अपेक्षा रहेकाले विषयवस्तु छनौटमा ध्यान दिइरहेको बताए। ‘हामी दर्शकलाई निराश बनाउने किसिमको फिल्म ल्याउँदैनौं । त्यसैले हामी मेहनत गरिरहेका छौँ’ रोहितले भने । फिल्ममा अक्षय कुमार र रणवीर सिंहको समेत केमियो रहनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : १५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका