‘सिंघम ३’ को बारेमा बोले अजय « Khabarhub

‘सिंघम ३’ को बारेमा बोले अजय


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अजय देवगन यतिबेला आफ्नो फिल्म ‘रन वे ३४’ को प्रमोशनमा व्यस्त छन् । यसैक्रममा उनले आफ्नो प्रतिक्षित फिल्म सिंघमको बारेमा कुराकानी गरेका छन् ।

एक शोमा अन्तर्वार्ता दिँदै उनले फिल्मको काम यो वर्षको अन्तिमसम्म सुरु हुन् सक्ने बताए । ‘फिल्म छिट्टै सुरु हुन्छ । किनकी रोहित र उनको टिमले यसमा काम गरिरहेका छन् । यद्यपि कहिले सुरु हुन्छ भन्ने मलाई नै थाहा छैन’ अजयले भने ।

रोहित शेट्टी निर्देशित पछिल्लो फिल्म सूर्यवंशीमा अब ‘सिंघम ३’ आउने संकेत गरिएको छ । यद्यपि अजयले स्क्रिप्ट अझै फाइनल नभईसकेको बताए । ‘हामीले सानो हिन्ट दिएका हौँ । यद्यपि कुन कथामा फिल्म तयार गर्ने छलफलमै छ’ अजयले भने । अजय देवगन फिल्म्सका सदस्य समेत रहेका निर्देशक शेट्टीले आउँदो ‘सिंघम’ बाट दर्शकलाई बढी अपेक्षा रहेकाले विषयवस्तु छनौटमा ध्यान दिइरहेको बताए। ‘हामी दर्शकलाई निराश बनाउने किसिमको फिल्म ल्याउँदैनौं । त्यसैले हामी मेहनत गरिरहेका छौँ’ रोहितले भने । फिल्ममा अक्षय कुमार र रणवीर सिंहको समेत केमियो रहनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : १५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका