ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु « Khabarhub

ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्बरको ट्याक्टरले किचेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेको र ट्याक्टरको बीचको टायरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्बका आधारभूत विद्यालयका शिक्षक पदम पौडेलका अनुसार बुधबार बिहान करिब ९ बजेतिर दुर्घटना भएको हो । मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै थिइन् । विद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेको र ब्रेक लगाउँदा लगाउँदै बीचको टायरमा टाउको परेको स्थानीयले बताए ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार