सामाजिक सञ्जालमा सेना प्रमुखलाई अपमान गर्ने इमरान खानका कार्यकर्ता पक्राउ « Khabarhub

सामाजिक सञ्जालमा सेना प्रमुखलाई अपमान गर्ने इमरान खानका कार्यकर्ता पक्राउ


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाविरुद्ध अपमानजनक अभियान चलाएको आरोपमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) मा आबद्ध आठ जना सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गरिएको छ ।

सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा निशाना बनाएर जथाभावी लेखेको आरोपमा पाकिस्तानको संघीय अनुसन्धान निकाय (एफआईए) ले पञ्जाब प्रान्तका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको हो ।

संसद्‍मा विपक्षीले प्रधानमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव पारित भएपछि केही दिनअघि इमरान खान पदमुक्त भएका थिए । त्यसपछि जनरल बाजवाविरुद्धको अभियान ट्विटरमा शीर्ष ट्रेन्डिङमा परेको छ । 

एफआईएका अनुसार गुप्तचर निकायबाट सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध सामाजिक सञ्जालमा अभियानमा संलग्न ५० संदिग्धको सूची प्राप्त भएको र तीमध्ये आठजनालाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : ३२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर