सलमानले 'ह्याट्रिक' गर्न नपाएका दुई निर्देशक | Khabarhub Khabarhub

सलमानले ‘ह्याट्रिक’ गर्न नपाएका दुई निर्देशक


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका भाइजान अर्थात् सलमान खानको पछिल्लो समय ठीकठाक छैन ।

केही दिन अगाडि मात्र साउथ इन्डियामा बलिउडका फिल्महरू नचल्ने समस्याबारे बोलेका सलमानले आफ्ना दुई प्रिय निर्देशकसँग ह्याट्रिक गर्ने मौका पाएनन् । उनका नजिकका दुई निर्देशक कबीर खान र अलि अब्बास जफर हुन् । उनले दुवैसँग सुरुवातका दुई फिल्म सफल बनाए पनि ह्याट्रिक भने गर्न सकेनन् । सलमान खानको सुरुवात कबीर खानसँग राम्रै भयो ।

सन् २०१२ मा सलमान र कबीरको पहिलो फिल्म ‘एक था टाइगर’ आएको थियो । हावादारी फिल्म गरिरहेका सलमानलाई उक्त फिल्मबाट प्रशंसा त मिल्यो नै नयाँ उपनाम समेत पाए ‘टाइगर’ । त्यसपछि सलमानले दोस्रो सहकार्य गरे, ‘बजरंगी भाइजान’ । सन् २०१५ मा यो जोडीले काम गरेको फिल्म ‘बजरंगी भाइजान’ लाई सलमानको दशककै उत्कृष्ट फिल्मको रूपमा लिइयो ।

फिल्ममा मनोरञ्जन त थियो नै साथमा दमदार कथा पनि । तर, त्यसपछि यी दुईको सहकार्यमा आएको फिल्म ‘ट्युबलाइट’ भने असफल भयो । असफलतासँगै दुईबीच दूरी बढ्यो । त्यसपछि सलमान सुल्तानका निर्देशक अलि अब्बास जफरसँग नजिकिए । लगातार सफलतामा सलमानले कबीरसँग ह्याट्रिक गर्न सकेनन् । बजरङ्गी भाइजानले जति चर्चा पायो, ट्युबलाइटले त्यति नै आलोचना ।

कबीरसँग टाढिएपछि सलमानका प्रिय निर्देशक भए, अलि अब्बास जफर । अलिले सलमानसँग सन् २०१६ मा काम गरे, सुल्तानमा । यो फिल्मले सलमानलाई उपनाम त दियो नै साथै बक्सअफिसमा हिट पनि बनायो ।

त्यसपछि यी दुईको सहकार्य सन् २०१७ मा रिलिज भएको फिल्म ‘टाइगर जिन्दा है’ मा देखियो । यो फिल्म पनि बलिउड बक्स अफिसमा अत्यधिक सफल रह्यो । फिल्मले सलमानको फ्यानलाई निराश बनाएन ।

तर, यही जोडीको फिल्म ‘भारत’ भने सफल हुन् सकेन । नत सलमानको फ्यानले नै तारिफ गर्न सके नत बक्सअफिसमा नै फिल्मको कमाल देखियो । अन्तत सलमानले अलिसँग पनि ह्याट्रिक गर्न सकेनन् । लगातार दुई फिल्म सफल भएता पनि सलमानले नजिकका दुई निर्देशकसँग ह्याट्रिक गर्न सकेनन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : ३३ बजे

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण सम्पन्न

गोरखा– गोरखाको पालुङ्टार नगरपालिका– ९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय

एम्बाप्पे चम्किँदा रियल म्याड्रिडको कमब्याक जित

काठमाडौं – भिल्लारियल माथिको २-१ को कम ब्याक जितसहित रियल

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट

भैरहवामा धम्म यात्रा सम्पन्न : बाटोमा फूल छरेर भिक्षुको स्वागत

भैरहवा – पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)को यात्रा ‘धम्म