सलमानले ‘ह्याट्रिक’ गर्न नपाएका दुई निर्देशक « Khabarhub

सलमानले ‘ह्याट्रिक’ गर्न नपाएका दुई निर्देशक


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका भाइजान अर्थात् सलमान खानको पछिल्लो समय ठीकठाक छैन ।

केही दिन अगाडि मात्र साउथ इन्डियामा बलिउडका फिल्महरू नचल्ने समस्याबारे बोलेका सलमानले आफ्ना दुई प्रिय निर्देशकसँग ह्याट्रिक गर्ने मौका पाएनन् । उनका नजिकका दुई निर्देशक कबीर खान र अलि अब्बास जफर हुन् । उनले दुवैसँग सुरुवातका दुई फिल्म सफल बनाए पनि ह्याट्रिक भने गर्न सकेनन् । सलमान खानको सुरुवात कबीर खानसँग राम्रै भयो ।

सन् २०१२ मा सलमान र कबीरको पहिलो फिल्म ‘एक था टाइगर’ आएको थियो । हावादारी फिल्म गरिरहेका सलमानलाई उक्त फिल्मबाट प्रशंसा त मिल्यो नै नयाँ उपनाम समेत पाए ‘टाइगर’ । त्यसपछि सलमानले दोस्रो सहकार्य गरे, ‘बजरंगी भाइजान’ । सन् २०१५ मा यो जोडीले काम गरेको फिल्म ‘बजरंगी भाइजान’ लाई सलमानको दशककै उत्कृष्ट फिल्मको रूपमा लिइयो ।

फिल्ममा मनोरञ्जन त थियो नै साथमा दमदार कथा पनि । तर, त्यसपछि यी दुईको सहकार्यमा आएको फिल्म ‘ट्युबलाइट’ भने असफल भयो । असफलतासँगै दुईबीच दूरी बढ्यो । त्यसपछि सलमान सुल्तानका निर्देशक अलि अब्बास जफरसँग नजिकिए । लगातार सफलतामा सलमानले कबीरसँग ह्याट्रिक गर्न सकेनन् । बजरङ्गी भाइजानले जति चर्चा पायो, ट्युबलाइटले त्यति नै आलोचना ।

कबीरसँग टाढिएपछि सलमानका प्रिय निर्देशक भए, अलि अब्बास जफर । अलिले सलमानसँग सन् २०१६ मा काम गरे, सुल्तानमा । यो फिल्मले सलमानलाई उपनाम त दियो नै साथै बक्सअफिसमा हिट पनि बनायो ।

त्यसपछि यी दुईको सहकार्य सन् २०१७ मा रिलिज भएको फिल्म ‘टाइगर जिन्दा है’ मा देखियो । यो फिल्म पनि बलिउड बक्स अफिसमा अत्यधिक सफल रह्यो । फिल्मले सलमानको फ्यानलाई निराश बनाएन ।

तर, यही जोडीको फिल्म ‘भारत’ भने सफल हुन् सकेन । नत सलमानको फ्यानले नै तारिफ गर्न सके नत बक्सअफिसमा नै फिल्मको कमाल देखियो । अन्तत सलमानले अलिसँग पनि ह्याट्रिक गर्न सकेनन् । लगातार दुई फिल्म सफल भएता पनि सलमानले नजिकका दुई निर्देशकसँग ह्याट्रिक गर्न सकेनन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : ३३ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु