जरिवाना तिरे पनि जोनसनले राजीनामा नदिने « Khabarhub

जरिवाना तिरे पनि जोनसनले राजीनामा नदिने


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनमा पार्टी गरेको भन्दै प्रहरीले जरिवाना तिराए पनि आफूले पदबाट राजीनामा नदिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनाएका छन् ।

बीबीसीका अनुसार ‘बेलायती जनताको प्राथमिकतालाई पूरा गर्ने अझ ठूलो जिम्मेवारीका लागि’ आफूले राजीनामा नदिने जोनसनले जनाएका हुन् । त्यस्तै, प्रधानमन्त्री जोनसनसँगै जरिवाना तिर्ने बेलायती अर्थमन्त्री ऋषि सुनकले पनि आफूले राजीनामा नदिने बताएका छन् ।

विज्ञप्ति जारी गर्दै सुनकले ‘बेलायती जनताको अपेक्षा पूरा गर्न’ आफू केन्द्रित रहेको बताएका छन् । यद्यपि प्रधानमन्त्री जोनसन र अर्थमन्त्री सुनकले लकडाउनमा पार्टी गरेको विषयमा प्रहरीले जरिवाना तिराएपछि यसबारे माफी भने मागेको बीबीसीले जनाएको छ ।

यसअघि प्रहरीले प्रधानमन्त्रीलाई जरिवाना तिराउने समाचार सार्वजनिक भएलगत्तै विपक्षी लेबर पार्टीका नेता सर केर स्टारमरले बोरिस जोनसनले जनतालाई बारम्बार ढाँटेको र कानून उल्लङ्घन गरेको भन्दै राजीनामा दिन आह्वान गरेका थिए ।

त्यस्तै, स्कटल्याण्डकी प्रथममन्त्री निकोला स्टर्जन र स्कटिश नेशनल पार्टी एसएनपीले पनि प्रधानमन्त्री जोनसनलाई राजीनामा दिन आह्वान गरेका थिए । यसबाहेक लिबरल डेमोक्र्याट र वेल्शमा सक्रिय प्लेइड कमरीलगायतका पार्टीले पनि जोनसनलाई राजीनामा दिन आग्रह गरेको बीबीसीले जनाएको छ ।

मंगलबार लण्डनको मेट्रोपोलिटन प्रहरीले प्रधानमन्त्री, प्रधानमन्त्रीकी श्रीमती र अर्थमन्त्रीले लकडाउनको उल्लङ्घन गर्दै पार्टी गरेकोमा जरिवाना तिराउने समाचार सार्वजनिक भएको थियो ।

यससँगै कानून उल्लङ्घन गरेपछि दण्ड पाउने उनी पहिलो बेलायती प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : २६ बजे

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी