नेपाल आर्मी प्रो क्लब च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा « Khabarhub

नेपाल आर्मी प्रो क्लब च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आर्मी क्लब प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार भएको खेलमा नेपाल आर्मीले उत्तर प्रदेश क्लब ११ लाई ७ विकेटले पराजित गर्यो ।

यस जितसँगै नेपाल आर्मी समुह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । १ सय १५ रनको लक्ष्य नेपाल आर्मीले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

आर्मीका लागि रोहित पौडेलले ३० रन र भीम सार्कीले २६ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको उत्तर प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

उत्तर प्रदेशका लागि शुभम चौधरीले २७ रन र नितिन रामले २१ रन जोडे । नेपाल आर्मीका जितेन्द्र मुखिया, सुशन भारी र हरि चौहानले २–२ विकेट लिए भने शाहब आलमले १ विकेट लिए ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : ४४ बजे

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी