आतंकवादविरुद्ध कदम चाल्न पाकिस्तानलाई अमेरिका र भारतको संयुक्त आह्वान « Khabarhub

आतंकवादविरुद्ध कदम चाल्न पाकिस्तानलाई अमेरिका र भारतको संयुक्त आह्वान


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र भारतले संयुक्त रुपमा पाकिस्तानलाई आतंकवादविरुद्ध कदम चाल्न आह्वान गरेका छन् । दुई मुलुकका विदेश एवम् रक्षामन्त्री सम्मिलित ‘टु प्लस टु’ वार्तापछि संयुक्त विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई आफ्नो भूभाग कुनै पनि आतंकवादी गतिविधिमा प्रयोग गर्न नदिन आह्वान गरेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार विज्ञप्तिमा पाकिस्तानलाई आफ्नो भूभाग कुनै पनि आतंककारी हमलाका लागि प्रयोग गर्न नदिन ‘तत्काल, दिगो र अटल कदम’ चाल्न आह्वान गरिएको छ ।

‘आतंकवादी समूहको प्रयोग र सीमापार आतंकवादको भारत कडा निन्दा गर्दछ साथै २६/११ मुम्बई आक्रमण र पठानकोट आक्रमणका योजनाकारलाई न्यायको दायरामा ल्याउन आह्वान गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रक्षामन्त्री लोइड अष्टिन तथा भारतीय विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहबीच अमेरिकाको राजधानी वाशिंटन डीसीमा वार्ता भएको थियो ।

वर्तापछि जारी विज्ञप्तिमा दुबै मुलुकले अल कायदा, जैश ए मोहम्मद, हिज्बउल मुजाहिद्दिन, लस्कर ए तैएबा, इस्लामिक स्टेटलगायत सबै आतंककारी समूहविरुद्ध एकीकृत प्रयासमा समेत जोड दिएका छन् ।

११ अप्रिलमा वार्ता शुरु हुनुअघि दुई मुलुकका सरकार प्रमुखहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी राष्ट्रपति जो बाइेडनबीच भर्चुअल संवाद भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : १९ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान