‘राम्रो प्रोजेक्ट भएकाले प्रोडक्सनमा जोडिएको हुँ’ : विनय श्रेष्ठ « Khabarhub

‘राम्रो प्रोजेक्ट भएकाले प्रोडक्सनमा जोडिएको हुँ’ : विनय श्रेष्ठ


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्मका अभिनेता विनय श्रेष्ठ फिल्म ‘ग्रहण’ को तयारीमा छन् ।

कलाकारसँगै कार्यकारी निर्मातासमेत रहेकाले उनको दायित्व यसमा बढी छ ।

केही दिन अगाडि मात्र सिक्किम पुगेर फिल्मको घोषणा गरेपछि छायांकनको तयारीमा छन् विनय ।

No description available.

राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्म ग्रहण छायांकनमा जान तयार छ । फिल्म घोषणा कार्यक्रममा आउँदो महिना मेबाट छायांकन गर्न सकिने जनाइएको थियो ।

No description available.

विनयलाई फिल्ममा राजीवले कलाकारको रूपमा अप्रोच गरेका थिए । यद्यपि उनी कलाकारसँगै निर्माण टिममा समेत जोडिए ।’प्रोडक्सन मलाई मन पर्ने क्षेत्र हो । राजीव जी मलाई अप्रोच गर्दा उनले देखाउनु भएको सम्भावनाले मैले फिल्ममा चाहिएमा प्रोडक्सनमा पनि जोडिन्छु भनेको थिएँ । पछिलाई प्रोडक्सन टिममा आउन भनिएपछि जोडिएको हुँ विनयले भने”। उनले निर्देशक गुरुङले अमेरिकामा फिल्मसम्बन्धी अध्ययन गर्दा नै आफ्नो कथाको पात्रमा नम्रता श्रेष्ठ र आफूलाई देखेको बताए ।

No description available.

‘कथा लेख्दा नै मलाई र नम्रतालाई सोच्नु भएको रहेछ । उनको काम गर्ने उर्जाले हातेमालोमा तानिएको हुँ । यसमा मेरो क्यारेक्टर नम्रताको लभ इन्ट्रेस्ट हो” उनले भने । थ्रीलर ड्रामा जनरमा फिल्म बन्ने भएकाले क्यारेक्टरबारे धेरै खुलाउन नमिल्ने विनयले बताए । सिक्किमबाट छायांकन सुरु गर्ने तयारीमा ‘ग्रहण’ टिम रहेको छ । फिल्ममा नेपालसँगै सिक्किमका कलाकारहरूको पनि अभिनय रहनेछ ।

No description available.

‘कथा नै सिक्किमबाट सुरु हुने भएकाले हामीले मुख्य केही पात्र समेत खोजिरहेका छौँ” विनयले भने । फिल्ममा चाहिने पात्रका लागि सिक्किमको गान्तोकमा अडिसनसमेत घोषणा गरिएको छ । फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठले सिक्किम आफ्नो लागि खास रहेको बताएकी छिन् ।

‘मैले मेरो प्रोडक्सनको सुरुवात नै यहीबाट गरेकी हुँ । त्यसैले पनि मेरो लागि यो सिक्किम खास छ’ उनले भनिन् । फिल्म ‘ग्रहण’ मा दोस्रो लोकेशन चाहिएपछि नम्रताले नै निर्देशक गुरुङलाई सिक्किममा छायांकन गर्न सल्लाह दिएकी थिइन् । उनी फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्दैछिन् । यसका लागि उनले केही समय प्रशिक्षणसमेत लिएकी थिइन् ।

No description available.

अमेरिकाबाट फिल्मसम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका गुरुङले थ्रीलर र ड्रामा जनरमा फिल्म तयार गर्दैछन् । फिल्ममा उनकै लगानी रहेको छ । नम्रता पनि विनयसँग डेब्यु फिल्म ‘सानो संसार’ पश्चात स्क्रिन सेयर गर्न पाउँदा उत्साहित छिन् । विनय पनि डेब्यु फिल्मबाट बल्लसँगै काम गर्न पाउँदा उत्साहित छन् । ;हामी अहिले परिपक्क भइसकेका छौँ । त्यसैले पनि नम्रतासँग काम गर्न उत्साहित छु” विनयले भने । फिल्ममा सारुक ताम्राकार पनि छन् । निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरी हुमागाईं र सम्पादकमा प्रवीन श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

फोटो सौजन्य : उमेश चन्द्र प्रधान (गान्तोक, सिक्किम)

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : ५४ बजे

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौँ- हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु

तेल सङ्कटले एसियामा खैलाबैला

काठमाडौं- मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं- जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को

अर्थमन्त्री खनालले गरे रातो पासपोर्ट फिर्ता

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन्। मंगलबार

घण्टीबाट चुनाव जितेका ६ स्वास्थ्यकर्मी : न्युरोलोजिष्टदेखि स्वयंसेविकासम्म

प्रतिनिधिसभा निर्वाचनमा ६ जना चिकित्सक तथा स्वास्थ्यकर्मी निर्वाचित भएका छन्