‘राम्रो प्रोजेक्ट भएकाले प्रोडक्सनमा जोडिएको हुँ’ : विनय श्रेष्ठ « Khabarhub

‘राम्रो प्रोजेक्ट भएकाले प्रोडक्सनमा जोडिएको हुँ’ : विनय श्रेष्ठ


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्मका अभिनेता विनय श्रेष्ठ फिल्म ‘ग्रहण’ को तयारीमा छन् ।

कलाकारसँगै कार्यकारी निर्मातासमेत रहेकाले उनको दायित्व यसमा बढी छ ।

केही दिन अगाडि मात्र सिक्किम पुगेर फिल्मको घोषणा गरेपछि छायांकनको तयारीमा छन् विनय ।

No description available.

राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्म ग्रहण छायांकनमा जान तयार छ । फिल्म घोषणा कार्यक्रममा आउँदो महिना मेबाट छायांकन गर्न सकिने जनाइएको थियो ।

No description available.

विनयलाई फिल्ममा राजीवले कलाकारको रूपमा अप्रोच गरेका थिए । यद्यपि उनी कलाकारसँगै निर्माण टिममा समेत जोडिए ।’प्रोडक्सन मलाई मन पर्ने क्षेत्र हो । राजीव जी मलाई अप्रोच गर्दा उनले देखाउनु भएको सम्भावनाले मैले फिल्ममा चाहिएमा प्रोडक्सनमा पनि जोडिन्छु भनेको थिएँ । पछिलाई प्रोडक्सन टिममा आउन भनिएपछि जोडिएको हुँ विनयले भने”। उनले निर्देशक गुरुङले अमेरिकामा फिल्मसम्बन्धी अध्ययन गर्दा नै आफ्नो कथाको पात्रमा नम्रता श्रेष्ठ र आफूलाई देखेको बताए ।

No description available.

‘कथा लेख्दा नै मलाई र नम्रतालाई सोच्नु भएको रहेछ । उनको काम गर्ने उर्जाले हातेमालोमा तानिएको हुँ । यसमा मेरो क्यारेक्टर नम्रताको लभ इन्ट्रेस्ट हो” उनले भने । थ्रीलर ड्रामा जनरमा फिल्म बन्ने भएकाले क्यारेक्टरबारे धेरै खुलाउन नमिल्ने विनयले बताए । सिक्किमबाट छायांकन सुरु गर्ने तयारीमा ‘ग्रहण’ टिम रहेको छ । फिल्ममा नेपालसँगै सिक्किमका कलाकारहरूको पनि अभिनय रहनेछ ।

No description available.

‘कथा नै सिक्किमबाट सुरु हुने भएकाले हामीले मुख्य केही पात्र समेत खोजिरहेका छौँ” विनयले भने । फिल्ममा चाहिने पात्रका लागि सिक्किमको गान्तोकमा अडिसनसमेत घोषणा गरिएको छ । फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठले सिक्किम आफ्नो लागि खास रहेको बताएकी छिन् ।

‘मैले मेरो प्रोडक्सनको सुरुवात नै यहीबाट गरेकी हुँ । त्यसैले पनि मेरो लागि यो सिक्किम खास छ’ उनले भनिन् । फिल्म ‘ग्रहण’ मा दोस्रो लोकेशन चाहिएपछि नम्रताले नै निर्देशक गुरुङलाई सिक्किममा छायांकन गर्न सल्लाह दिएकी थिइन् । उनी फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्दैछिन् । यसका लागि उनले केही समय प्रशिक्षणसमेत लिएकी थिइन् ।

No description available.

अमेरिकाबाट फिल्मसम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका गुरुङले थ्रीलर र ड्रामा जनरमा फिल्म तयार गर्दैछन् । फिल्ममा उनकै लगानी रहेको छ । नम्रता पनि विनयसँग डेब्यु फिल्म ‘सानो संसार’ पश्चात स्क्रिन सेयर गर्न पाउँदा उत्साहित छिन् । विनय पनि डेब्यु फिल्मबाट बल्लसँगै काम गर्न पाउँदा उत्साहित छन् । ;हामी अहिले परिपक्क भइसकेका छौँ । त्यसैले पनि नम्रतासँग काम गर्न उत्साहित छु” विनयले भने । फिल्ममा सारुक ताम्राकार पनि छन् । निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरी हुमागाईं र सम्पादकमा प्रवीन श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

फोटो सौजन्य : उमेश चन्द्र प्रधान (गान्तोक, सिक्किम)

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : ५४ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा