ओटीटी विकेन्ड : जेम्सदेखि जेम्स बोन्डसम्म रिलिज हुँदै « Khabarhub

ओटीटी विकेन्ड : जेम्सदेखि जेम्स बोन्डसम्म रिलिज हुँदै


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात ओटीटीका लागि पनि कन्टेनमा राम्रो लगानी हुने गरेका छन् ।

दर्शकको आकर्षण बढेको थाहा पाएपछि लगानीसँगै बलिउडका ठूला स्टारहरुले समय ओटीटीमा कन्टेनको लागि आफ्नो समय दिन थालेका छन् । केही समय अगाडिसम्म सानो पर्दा भनिने ओटीटी प्लेटफर्म अहिले दर्शकको रोजाइ बनेका छन् । यसैले गर्दा पछिल्लो समय ओटीटीमा पनि हल झैँ विकेन्डमा कन्टेन आउने गरेका छन् । यो पटक अप्रिल १४ र १५ लाई लक्षित गर्दै केही नयाँ कन्टेनहरु आउँदैछन् ।

आउनुहोस् यिनैको बारेमा चर्चा गरौँ:

जेम्स

दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको अन्तिम फिल्म ‘जेम्स’ को ओटीटीमा रिलिज हुने भएको छ । फिल्मलाई सोनी लिभमा आउँदो अप्रिल १४ मा हेर्न पाउने निर्माण छ । ओटीटी प्लेटफर्म सोनी लिभमा कन्नडा, हिन्दी, मलयालम, तामिल र तेलुंगु भाषामा फिल्म रिलिज हुनेछ । पूनीतको अन्तिम फिल्म भएकाले हलमा समेत यसले राम्रो व्यापार गरेको थियो । पूनीतलाई यादगर्दै फ्यानहरुले यो संसारमा नभए पनि अप्पु सधैँ मनमा रहिरहने भन्दै उनको अन्तिम फिल्मलाई हेरेर अनुभव सञ्चय गर्न भनेका छन् ।

पूनीत फ्यानहरु माझ अप्पु नामले परिचित छन्। पुनीत कुमारको गत वर्ष सन् २०२१ को २९ अक्टोबरमा हृदयघातका कारण निधन भएको थियो। बेंग्लोरको विक्रम अस्पतालमा उपचारकै क्रममा उनको ४६ वर्षको उमेरमा मृत्यु भएको थियो। पुनीत चर्चित अभिनेता राजकुमारका छोरा हुन्। बाल कलाकारबाट कलाकारिता सुरु गरेका उनी ‘अप्पु, ‘राम, ‘भिरा कन्नडिगा, ‘अजय, ‘मिलाना, ‘अनजनी पुत्र’ लगायतका फिल्महरुमा देखिएका थिए।

बच्चन पाण्डे

अक्षय कुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’ अप्रिल १५ मा ओटीटी रिलिज हुने भएको छ। एक्सन कमेडी जनरको फिल्ममा अक्षय ग्याङ्गस्टरको भूमिकामा देखिएका छन्। साजिद नाडियाबालाको प्रोडक्सनमा बनेको फिल्म दक्षिण भारतीय जिगरथान्डाको रिमेक हो।

१८ मार्चमा प्रदर्शन भएको फिल्मले हलमा राम्रो व्यापार गर्न सकेन । फिल्ममा अक्षयसँगै कृति सेनन, ज्याक्लिन फर्नान्डेज, अरशद वारसी, पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ । फिल्ममा कृति एक महत्वाकांक्षी निर्देशक माइरा देवेकरको भूमिकामा देखिएकी छन्। जो ग्याङ्स्टार बच्चन पाण्डेको कथामा फिल्म बनाउन लागिपरेकी छिन्। फराद साम्जीले फिल्मलाई निर्देशन गरेका हुन्। फिल्मलाई प्राइम भिडियोमा हेर्न पाइने छ ।

जेम्स बोन्ड

बेलायती जासुसको कथामा निर्माण हुने फिल्म जेम्स बोन्ड हल बाहेक ओटीटी प्लेटफर्ममा उपलब्ध हुने भएको छ । लामो समयदेखि जासुसीको कथामार्फत दर्शकको प्रिय पात्र बन्दै आइरहेका विभिन्न जेम्स बोन्डहरूलाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा हेर्न पाइनेछ ।

जेम्स बन्ड सिरिज निर्माता एमजीएमले अमेजन भिडियोसँग गरेको सम्झौताका आधारमा ती फिल्म यो प्लेटफर्ममा उपलब्ध हुन लागेका हुन् । प्राइमले अप्रिलको १५ देखि दर्शकले जेम्स बन्ड सिरिजका फिल्म हेर्न सकिने जानकारी गराएको छ ।

एमजीएमले आफूले निर्माण तथा वितरण गरेका ४ हजारभन्दा बढी फिल्म र १७ हजारभन्दा बढी टीभी सिरियल अमेजनको प्राइम भिडियोलाई उपलब्ध गराएको हो । सम्झौताअनुसार बोन्डको पहिलो फिल्मदेखि हालै रिलिज भएको ‘नो टाइम टु डाई’ सम्म प्राइममा पाइने छन् । प्राइमले यही अप्रिलको १५ देखि दर्शकले जेम्स बन्ड सिरिजका फिल्म हेर्न सकिने जनाउँदै यो सीमित समयका लागि मात्र उपलब्ध हुने पनि प्रष्ट्याएको छ ।

यसका साथै माई, डेथ अन द नाइल, धहनम जस्ता फिल्म तथा सिरिज पनि अप्रिल १५ मा ओटीटीका विभिन्न प्रदायकहरुले रिलिज गर्दैछन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ३० बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण