पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिले किभको भ्रमण गर्ने « Khabarhub

पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिले किभको भ्रमण गर्ने


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकी मुलुकहरु पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिहरुले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गर्ने भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि उनीहरु किभ जान लागेको बीबीसीले जनाएको छ ।

इस्टोनियाका राष्ट्रपति अलार कारिस, पोल्याण्डका राष्ट्रपति आन्द्रेई डुडा, लिथुएनियाका राष्ट्रपति गिटनास नउसेडा र लात्भियाका राष्ट्रपति एग्लिश लेभित्सले किभको भ्रमण गर्ने समाचार संस्था एएफपीले जनाएको छ ।

जेलेन्स्कीले ‘सहयोगको संकेतस्वरूप’ ती मुलुकका राष्ट्रपतिहरुले किभको भ्रमण गर्न लागेको जनाएका छन् । उनीहरुको भ्रमण युक्रेनलाई सैनिक तथा मानवीय सहायता प्रदान गर्ने विषयमा केन्द्रित रहने बताइएको छ ।

यसअघि जर्मन राष्ट्रपति फ्राङ्क–भाल्टर स्टाइनमियरले पनि यी मुलुकका राष्ट्रपतिको समूहसँगै किभको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।

यद्यपि कुनै समय जर्मन विदेशमन्त्री रहँदा रुससँग धेरै नजिक भएको भन्दै युक्रेनले उनलाई स्वागत गर्न नसकिने जनाएको थियो ।

यद्यपि निकट भविष्य मै जर्मन चान्सलर ओलाफ शोल्जले किभको भ्रमण गर्नसक्ने जेलेन्स्कीका सल्लाहकारले जानकारी दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : ३५ बजे

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी