स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने कांग्रेसको निर्णय « Khabarhub

स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने कांग्रेसको निर्णय


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले घोषणापत्रका बिषयमा छलफल गर्दै सदस्यहरुले दिएको सुुझावका आधारमा आवश्यक परिमार्जन गर्दै घोषणापत्र पारित गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाश शरण महत्तले जानकारी दिए।

त्यस्तै कांग्रेसको समानुपातीकको बन्दसूचीमा रहेकाहरु स्थानीय निकायमा उम्मेद्वार बन्न रुची देखाएकाले बन्द सूचीबाट नाम हटाउनका लागि निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय भएको उनले बताए।

त्यस्तै बैठकले महानगर र उपमहानगरको प्रमुख तथा उपप्रमुखको केन्द्रीय गठबन्धन र जिल्लाले नगरपालिका र गाउँपालिकाका गठबन्धनको उमेदवारको टुङ्गो लगाई वैशाख ३ गते भित्र नाम पठाउन भनिएको उनले बताए ।

उनले स्थानीय तहमा उम्मेद्वार चयनका लागि तय भएको मापदण्डलाई मध्यनजर गर्दै आवश्यक निर्णय हुने जानकारी दिए।

https://www.facebook.com/khabarhubofficial/videos/1124310024807421

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : १४ बजे

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा