ब्रेकिङ स्टोरी

स्थानीय निर्वाचन : देशभर यसरी भइरहेको छ मतदान (लाइभ)

By खबरहब

May 13, 2022

काठमाडौं– नेपालको संविधान २०७२ लागू भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बिहान ७ बजेदेखि देशभरका ७५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा एकसाथ मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजे सकिनेछ।

२०७४ सालमा तीन तहमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन हो ।