मतदानपछि देउवाले भने- ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भए’ « Khabarhub

मतदानपछि देउवाले भने- ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भए’


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।

शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिएका हुन् ।

उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताए । ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्। स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएको छ,’ उनले भने ।

देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएको बताए । कांग्रेस नेतृत्वकाे सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ४६ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को