११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँको विकास होस् « Khabarhub

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँको विकास होस्


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । 

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् ।

बैतडीमा ४४० जनप्रतिनिधि छान्नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ०६ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को