नारायणमान बिजुक्छेले गरे मतदान « Khabarhub

नारायणमान बिजुक्छेले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका-५ स्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानका लागि उनी परिवारसहित गाडीमा आएका थिए । चालकसहित श्रीमती शोभा प्रधान, छोरा डा. सुवेग प्रधान गरी चार जनाको सङ्ख्यामा आएका उनीहरू मतदान गरेर ८ बजेर ५० मिनेटमा  फर्किएका थिए ।

भक्तपुर जिल्लाभरिमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरु मार्फत् शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । भक्तपुरमा चारवटा नगरपालिका भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक छन् । 

भक्तपुरमा ५७ हजार दुई सय ७०, मध्यपुर थिमीमा ४१ हजार आठ सय ४२, चाँगुनारायणमा ४३ हजार एक सय पाँच र सूर्यविनायकमा ४७ हजार तीन सय ६७ मतदाता रहेका छन् ।

जिल्लाका चार वटा नगरपालिकाहरूमध्ये सबैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन् । यहाँं कुल ६२ वटा मतदान केन्द्रहरू छन् । सबैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा छन् । त्यहाँं ४६ वटा मतदान केन्द्रहरू छन् । चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरू छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : २१ बजे

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल