अपडेटः स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुग्यो  « Khabarhub

अपडेटः स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुग्यो 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। वालिङ नगरपालिका–१४ पञ्चमूलमा ग २ च ३०२६ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको हो। 

मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासका प्रविण कुँवर, कुलदिप कुँवर, टेककला कुँवर, जमुना कुँवर, जानुका कुँवर, डेम कुमारी कुँवर, कुमारी कुँवर, हरीकला कुँवर, भिमकला कुँवर, पोट कुमारी कुँवर, ज्ञान दली कुँवर, फूलदेवी कुँवर,मिना कुँवर र माया पुन रहेका छन्। 

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको बताए। 

 दुर्घटनामा घाइते हुनेहरूमा नेत्र बहादुर कुँवर, सरस्वती कुँवर, अनिष कुँवर, बेल माया कुँवर, ज्यामकली कुँवर, ज्ञान माया कुँवर, भुल बहादुर कुँवर, कविता कुँवर,  कुशल कुँवर, कौशल कुँवर, सीता कुँवर, गौमती थापा रहेका छन्। 

मतदान केन्द्र पैदल यात्रामा टाढा रहेकाले स्थानीय जिप चढेर मतदान गर्न गएका थिए।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ४३ बजे

ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिन

मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो

एजेन्सी– म्यान्मामा पाँच वर्षदेखि सैन्य शासन सञ्चालन गर्दै आएका मिन

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको