मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने « Khabarhub

मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार आज दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान कार्य भइरहेको जनाइएको छ । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  २ : ३० बजे

ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिन

मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो

एजेन्सी– म्यान्मामा पाँच वर्षदेखि सैन्य शासन सञ्चालन गर्दै आएका मिन

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको