पोर्टो रिकोमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु « Khabarhub

पोर्टो रिकोमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी प्रशासनमा रहेको क्यारेबियन सागरस्थित पोर्टो रिको टापुको तटमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी तटरक्षक बलले जनाएको छ ।

३१ जना लाई जीवित उद्धार गरिएको तट रक्षक बलले ट्वीटमार्फत जानकारी दिएका छन् । उद्धार गरिएकाहरुमा  ११ महिला र २० पुरुष रहेका जनाइएको छ  । दुर्घटनाग्रस्त डुङ्गामा कति यात्रु सवार रहेका थिए भन्ने स्पष्ट छैन ।

पोर्टो रिकोको डेसेचियो टापुबाट करिब १९ वर्गकिलोमिटर उत्तरमा गैरकानूनी रुपमा यात्रामा रहेको एक डुङ्गा पल्टेको जनाइएको छ । डुङ्गामा सवार धेरै मानिसहरू हाइटीका रहेका थिए ।

यो डुङ्गामा कति जना थिए भन्ने स्पष्ट छैन । दुर्घटनाको कारण लगायत विषयको अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : ३० बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक