एलन मस्कद्वारा ट्विटर खरिद सम्झौता स्थगित « Khabarhub

एलन मस्कद्वारा ट्विटर खरिद सम्झौता स्थगित


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेस्ला कम्पनीका प्रमुख एलन मस्कले ट्विटर खरिद सम्झौतालाई स्थगित गरेका छन् । मस्कले ट्विट गर्दै ट्विटर खरिद सम्झौता छोटो समयका लागि स्थगित गरिएको जनाएका हुन् ।

ट्विटरमा ५ प्रतिशत भन्दा कम ‘स्पाम’ तथा ‘फेक’ अकाउन्टबारे विस्तृत विवरणको अपेक्षासहित ट्विटर खरिद सम्झौतालाई स्थगित गरिएको उनको भनाइ छ ।

फेक अकाउण्टहरुले कन्टेन्ट पोष्ट गर्ने समस्या ट्विटरले लामो समयदेखि झेल्दै आएको छ । मस्कले ट्विटरबाट फेक अकाउण्टहरुलाई हटाउनुपर्ने बताउँदै आएका छन् ।

झण्डै दुई साताअघि ट्विटरले दैनिक प्रयोगकर्तामध्ये केबल ५ प्रतिशत मात्रै फेक अकाउण्ट रहेको जनाएको थियो । यद्यपि यस्ता अकाण्टको संख्या धेरै हुनसक्ने ट्विटरले स्वीकार गरेको थियो ।

मस्कको घोषणा लगत्तै ट्विटरको शेयर मूल्यमा २५ प्रतिशतको गिरावट आएको बीबीसीले जनाएको छ । मस्कले ट्विटर खरिद सम्झौता रद्द गरेको खण्डमा उनले १ अर्ब अमेरिकी डलर ट्विटरलाई तिर्नुपर्ने प्रावधान रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : १९ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स