रूपन्देहीमा ७० प्रतिशत मत खस्यो  « Khabarhub

रूपन्देहीमा ७० प्रतिशत मत खस्यो 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रूपन्देहीमा स्थानीय तह निर्वाचनमा बेलुका ५ बजेसम्म ७० प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीका अनुसार जिल्लाका २०७ मतदान केन्द्रबाट ७० प्रतिशत मत खसेको हो । यद्यपि, बेलुका ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेकाहरूले मतदान गर्न पाउने भएकाले प्रतिशत केही बढ्न सक्नेछ ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको भण्डारीले जानकारी दिए। निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर शुक्रबारदेखि नै मतगणना थाल्ने तयारी गरेको छ । 

रूपन्देहीका १६ स्थानीय तहको मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने गरी तयारी थालिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ४० बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक