चिन्ता लिँदा अल्सरको सम्भावना पनि बढ्दै जान्छ | Khabarhub Khabarhub

चिन्ता लिँदा अल्सरको सम्भावना पनि बढ्दै जान्छ

ग्याष्ट्रिक सबै रोगहरुको कलेक्सन रोग हो



आजभोली प्राय बिरामी आउँदा मलाई ग्याष्ट्रिक भयो भनेर आउनु हुन्छ । हामीले के भयो भनेर सोध्दा पेटको माथिल्लो भागमा दुख्ने, पोल्ने पेट फुल्लिए जस्तो हुने, ढ्याउ आउने वाकवाकी लाग्ने, छाती पोल्ने जस्ता लक्ष्यण बताउनुहुन्छ । बिरामीले आफै नाम दिनुहुन्छ ।

ग्याष्ट्रिक रोग भन्दा पनि सबै रोगको कलेक्सन हो । ग्याष्ट्रिक सबै भन्दा बढी चिन्ताले भएको देखिन्छ । रोग नलागे पनि आफूलाई के–के हुने हो भनेर आफै डर मानेर अझै बढेको देखिन्छ । जाचँ गर्दा केही भित्री समस्या केही भएको देखिदैन । यो भन्दा एक स्टेप अघि जाँदा यस्ता लक्षणबाट ग्याष्ट्रिक, अल्सर र क्यान्सर पनि हुनसक्छ ।

हामीले छुट्याउदा ‘फगंस्नल डिस्पेप्सिया’ के कारणले कसरी हुन्छ ? त्यसपछि ग्याष्ट्रिक बढ्दै गएपछि अल्सर हुने, रिफल्क्स डिजिज अर्थात् पित्त माथी फर्किने के कारणले हुन्छ ? साथै यो पेट सम्बन्धी रोगहरु लगायत अन्तिममा क्यान्सर के कारणले हुन्छ ? कसरी हुन्छ ? यसका समाधानका उपाय के हुन् भनेर जान्न जरुरी छ ।

ग्याष्ट्रिकको उपचार कसरी गर्ने ?
कुनै पनि बिरामी आएर मलाई ग्याष्ट्रिक भयो भन्दा हामीले केही पनि भएको छैन भन्न मिल्दैन । यही भयो भन्न पनि सकिदैन । यसको लागी जाँचबुझ नै गर्नुपर्ने हुन्छ । ग्याष्ट्रिकले भित्री अगंमा के भइरहेको छ ? सिधा हेर्ने भनेको इन्डोस्कोपी जाँच हो । त्यो भन्दा अरु जाँच भनेको ग्याष्ट्रिक गराउने, अल्सर गराउने एक प्रकारको ब्याक्टेरिया, किटाणु हुन्छ, त्यो छ छैन भनेर जाँच्ने विधि छन् ।

तर, ग्याष्ट्रिक भयो भनेर आउने सबैलाई त इन्डोस्कोपी गरिदैन । इन्डोस्कोपी गर्दा धेरै मान्छे आत्तिने डराउने हुन्छ । सबैलाई इन्डोस्कोपी गराउनु पर्ने बाध्यता छैन । ४५ वर्ष भन्दा कम उमेरकाहरु पहिलो पटक ग्याष्ट्रिक भयो भनेर यिनै लक्षण लिएर आउनु भयो भने पहिला अरु पेटको रोगहरु छ कि छैन भनेर बुझनु पर्छ ।

इन्डोस्कोपी किन गर्ने ?
कम उमेरमा अचानक तौल घट्यो भने के कारणले भयो भनेर इन्डोस्कोपी गर्न जरुरी छ । विनाकारण वाकवाकी लाग्ने, वान्ता आउने, रगत वान्ता आउने, कालो दिसा आउने, लक्षण देखियो भने इन्डोस्कोपी गर्नु अति जरुरी हुन्छ । केही कुरा निल्दा गाह्रो हुने, अड्किने भयो भने क्यान्सरको लक्षण हुनसक्छ ।

यस्तो बेलामा पनि इन्डोस्कोपी गरिहाल्नुपर्छ । आजभोलिको मान्छेहरुलाई थकाई धैरै लाग्ने, मुटु ढुकढुक हुने, लक्षण देखा पर्दा रक्तअल्पता भएको हुनसक्छ । रक्तअल्पता अल्सरको कारणले भएको हुन्छ । र, अन्य कुनै रोगका कारण आफूले थाहा नपाउने गरी ब्लड लिक भएको हुनसक्छ । जसले गर्दा एनिमिया भएको हुनसक्छ । यस्तो बेलामा इन्डोस्कोपी गर्नु पर्छ ।

इन्डोसकपी गर्दा घाँटी र पेटमा किन गाह्रो हुन्छ ?
इन्डोस्कोपी गर्दा पाइपमा क्यामरा जडित गरेर भित्रको खाना नली, आमाशय हेरिन्छ । यो पक्रिया विज्ञ डाक्टरले गर्ने हो । सँधै विज्ञले गर्दा जटिल हुँदैन । यो २ देखि ५ मिनेटमा गर्न सकिने पक्रिया हो ।

यसबाट पाउने जानकारी वा अवस्था सोझै पाउन सकिन्छ । मुखबाट पाइप पठाउँदा ‘ग्यारीफेलेक्स’ त भइहाल्छ । यदि यो भएन भने अर्को नशाको रोग हुनजान्छ । ग्यारीफेलेक्सलाई नर्मल गराउँछौँ ।

त्यसकारण अतिकति असजिलो महसुस हुन्छ । २० देखि ३० मिनेटमा लोकल एनेष्टी एसियाको असर हराउँछ । इन्डोस्कोपी गर्दा हावा दिनु पर्ने भएकाले पेट फुलिने हुनाले बिरामीले असजिलो महशुस गर्नु हुन्छ । डराउनु पर्दैन ।

ग्याष्ट्रिकको उपचार नगरे अल्सर हुनसक्छ ?
ग्याष्ट्रिक भएकाले सामान्यतया डिस्फेक्टिक लक्षणहरु देखा पर्छन् । खानपानमा चिल्लो पिरो कम गर्नु, टेन्सन नलिनु भनिन्छ । अल्सर हुने कारण भनेको हेलिको ब्याक्टर पाइलेरिया भन्ने ब्याक्टेरियाले गर्दा हो ।

पहिले अल्सर भएका सबैलाई अपरेशन गर्नुपथ्र्यो । अहिलेको समयमा ब्याक्टेरियाले गर्दा अल्सर हुन्छ भन्ने थाहा पाएपछि यो ब्याक्टेरिया छ वा छैन हेरेर ब्याक्टेरियालाई मार्न सकियो भने यसबाट बच्न सकिन्छ । अर्को भनेको जाचँ नगरी पेनकिलर जस्ता औषधि खाने प्रवृत्तिले अल्सर हुनसक्छ ।

ग्याष्ट्रिकबाट बच्न कस्ता खानेकुरा खाने ?
ग्याष्ट्रिकबाट बच्न चिल्लो, पिरो, अमिलो खानेकुरा खान हुँदैन । धेरै खान हुँदैन । चिल्लो कुरा खादाँ रिफलेक्स हुन्छ । आमाशयमा जोड्ने भएको सानो नली माथि फर्किन्छ । जसका कारण घाटीँ पोल्ने, अमिलो पानी आउने लक्षण देखापर्छ।

आमाशयमा जोडिने भल्व खुकुलो हुने खानेकुरा खानु हुँदैन । साथै क्याफिन भएको कुरा चकलेट खानु हुँदैन । साथै यसको प्रयोगमा डाक्टरको सल्लाहविना अनावश्यक रुपमा खाने कुनै औषधि हुँदैन ।

डाक्टरको सल्लाहमा मात्र औषधि खानुपर्छ । धेरै जनाले सोध्नुहुन्छ । मलाई अल्सर त भएको छैन । मैले औषधि त खाएको छु । तर मलाइ केही लक्षण देखिएको छैन भन्नुहुन्छ ।

तर कुनै बिरामीले त लामो समयसम्म पेनकिलर लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा इन्डोस्कोपी कुन अवस्थामा गर्ने त ? ४० प्रतिशतलाई त पेट नदुख्दा पनि अल्सर भएको हुन सक्छ भने ६० प्रतिशतलाई दुखाइ पनि हुदैन ।

र, कम्पलीकेसन आएपछि मात्र थाहा हुन्छ । पेनकिलर खानेहरुलाई लक्षण नदेखिए पनि अल्सर हुन्छ । सकेसम्म आफै औषधी किनेर नखान आग्रह गर्छु ।

समस्या आउन नदिन के गर्ने ?
सबै भन्दा पहिले त खाने कुरामा ध्यान दिनुपर्छ । चिल्लो, पिरो, अमिलो खाने कुरामा ध्यान दिनुपर्यो । मद्यपान, धुम्रपान गर्नु भएन । चिन्ता लिनु भएन । जति चिन्ता बढ्छ, अल्सरको सम्भावना पनि त्यति नै बढ्छ ।

अर्को अनावश्यक रुपमा पसलमा गएर औषधि नलिने । मुटुको रोग भएकाहरुले त शंका लाग्ने बित्तिकै डाक्टरको सल्लाह लिइहाल्नुपर्छ । समयमै उपचार गरे निको हुन्छ ।

(पेट तथा कलेजो रोग विशेषज्ञ डा.उमिद श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ८ : ०१ बजे

बीमा प्राधिकरणको केन्द्रीय भवनमा इजलास सञ्चालन गरिने

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी इजलास सञ्चालन गर्ने

गुरुङ समुदायले ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै 

चितवन– गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या)

सुदूरपश्चिमका रिक्त राजनीतिक पदमा तत्काल नियुक्त गर्न कांग्रेस–एमाले सहमत 

धनगढी– सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका पदहरूमा तत्काल नियुक्ति गर्न

‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका

शासकको सनकले लम्बिएको रुस-युक्रेन युद्ध: सफल होला ट्रम्पको प्रयास ?

फेब्रुअरी २०२२ मा सुरु भएको रुस-युक्रेन युद्ध अन्त्यको सम्भावना देखिएको